विराटनगर । राष्ट्रसेवक सहकारीको आयोजनामा ६२औं साहित्य सिर्जना र सम्वाद आयोजना गरिनुका साथै साहित्यकार मधु पोखरेलको खण्डकाव्य ‘पुष्पाञ्जली’ लोकार्पण गरिएको छ ।
सहकारीका उपाध्यक्ष तुलसीनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बलराम पोखरेल, प्राडा हरिहर भण्डारी, प्राज्ञ विवश पोखरेल र भीमेन्द्र काकील सोे कृतिको लोकार्पण गरेका थिए ।
उक्त कृतिको समीक्षा कवि हरि कट्टेलले गरे । गोपाल निर्भीकले सञ्चालन गरेको कार्यक्रममा राधा भट्टराई, देवका नेपाल, प्रमोद ढकाल, भवानी पोखरेल, रमेश खतिवडा, शुभलक्ष्मी लम्साल, किष्मत खतिवडा, आयुष्मा खतिवडा, निर्मला नेपाल, प्रयाग न्यौपाने, अम्बिका उप्रेती, उमानाथ घिमिरे, एकराज ढकाल, हरिप्रसाद बराल, शारदा कार्की लगायतका साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गरेका थिए ।
View : 430
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved