विराटनगर । विराटनगरस्थित आदर्श विद्यालयका पूर्व विद्यार्थीहरूको शनिबार भएको भेलाले १३ सदस्यीय आदर्श विद्यालय पूर्व विद्यार्थी संघ गठन गरेको छ ।
संघको संस्थापक अध्यक्षमा अञ्जु पराजुली, उपाध्यक्षमा राजेशप्रसाद रौनियार, मो. उमर फारुख, सचिव प्रमोद मण्डल, सहसचिवमा शंकर प्रधान र कोषाध्यक्षमा मनिष ठाकुर चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा अञ्जना नेपाल, गीता भट्टराई, ओमप्रसाद भेट्वाल, मोइनुदिन अन्सारी, सुनिल श्रेष्ठ, शत्रुघनप्रसाद राजवंशी र पवनकुमार जोशी चयन भएका छन् ।
यसैगरी भेलामा आदर्श विद्यालय पूर्व विद्यार्थी मिलन केन्द्रका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, सल्लाह भीमेन्द्रबहादुर कार्की, सदस्य प्राध्यापक कृष्ण पोखरेल, विद्यालय प्राचार्य सन्तोष पोखरेललगायत सहभागिता रहेको थियो ।
View : 234
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved