Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

एनसीडीए कोशीको पदस्थापन

उद्‌घोष सम्वाददाता
११ फागुन २०८१, आइतवार

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार पदभार ग्रहण गरेका छन् ।

संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेवालको प्रमुख अतिथिमा भएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत गणेशराज लुइटेलले सपथ ग्रहण गराएका थिए । 

माघ २६ र २७ गते भएको संघको दोस्रो अधिवेशनबाट धनराज काफ्लेको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको थियो ।

निर्वाचनबाट संघको कोशी प्रदेशको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद कोइराला, थोक उपाध्यक्षमा सुदिनध्वज श्रेष्ठ, खुद्रातर्फको उपाध्यक्षमा दिलिप सुवेदी, महासचिवमा लक्ष्मण माझी चौधरी, कोषाध्यक्षमा प्रभातकुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने र उपकोषाध्यक्षमा सेवक दाहाल विजयी भएका थिए । 

त्यसैगरी सदस्यहरुमा शरद गौतम, खेमलाल काफ्ले, यामकुमार खड्का, वेदबहादुर थापा (गणेश), सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई छन् ।

पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष काफ्लेले औषधि व्यवसायीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाए । 

प्रदेशका ११ वटै शाखालाई व्यवस्थित रुपबाट सञ्चालन गर्ने अवस्था सिर्जना गर्ने पनि उनले बताए ।

View : 168

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved