Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

महानगरस्तरीय कवड्डीको उपाधि विराटनगर १४ लाई

उद्‌घोष सम्वाददाता
१८ माघ २०८१, शुक्रवार

Advertisement

विराटनगर । महानगरस्तरीय कवड्डी प्रतियोगिताको उपाधि विराटनगर–१४ ले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर कमिटीले बिहीबार आयोजना गरेको प्रतियोगितामा महानगरका सबै वडालाई १४ ले पछि पारेको हो ।

प्रतियोगितामा वडा नम्बर १० लाई ४२ दशमलव ३९ अंकले पराजित गर्दै वडा नम्बर १४ ले उपाधि जितेको हो । प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, नेकपा एमालेका नेता सागर थापा, एकेडेमीका महानगर अध्यक्ष गोपाल झालगायतले पुरस्कार प्रदान गरे ।

यस अघि  दुई वटा सेमिफाइन खेल भएका थिए । पहिलो सेमिफाइलन खेलमा वडा नम्बर १४ ले ९ लाई ५४ दशमलव २२ अंकले पराजित गरेको छ । दोस्रो सेमिफाइलन खेलमा वडा नम्बर १० र १७ बिच प्रतिश्पर्धा भएको थियो । १० ले १७ लाई २७ दशमलव २४ ले पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो ।

वडा नम्बर ९ र  १७ दोस्रो घोषित भए । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार, दोस्रो हुनेले नगद ३१ हजार रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरे । 

तेस्रो हुने दुवै टोलीलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइएको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट राइडर घोषित हुँदै वडा नम्बर १४ का खेलाडी नेहाल यादबले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

उत्कृष्ट डिफेन्डरको पुरस्कार भने वडा नम्बर १० का मुकेश मेहताले पाएका छन् । उनलाई पनि नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । 

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्री राईले खेलकुदका लागि सबै खालका सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । 

कवड्डी प्रतियोगिता खाली भुईमा नभइ म्याटमा आयोजना गर्नु पर्ने भन्दै त्यसका लागि समेत सहयोग गर्ने उनको भनाइ छ । 

मदन भण्डारी स्पोट्र्स एकेडेमी कोशी प्रदेश कमिटीका संरक्षक सागर थापाले कबड्डी लगायतका रैथाने खेलको संरक्षण गर्न प्रदेश सरकार तयार रहनु पर्ने बताउँदै उनले लोप हुन लागेका परम्परागत खेललाई बाहिर ल्याएर अहिलेका युवा पुस्तालाई त्यसतर्फ आर्कषण गर्नुपर्ने बताए ।

View : 25

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved