Biratnagar, Morang, Nepal
२७ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरमा ९४० केजी गाँजासहित बोलेरो नियन्त्रणमा

उद्‌घोष संवाददाता
२६ असोज २०८३, सोमवार

Advertisement

उदयपुर  । उदयपुरको चौदण्डीगढी नगरपालिका–१, चारघरेस्थित रानीटार–बेल्टार क्षेत्रको भित्री सडकबाट प्रहरीले ९४० किलो ४४० ग्राम गाँजासहित एउटा बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।


प्रहरीका अनुसार आइतबार  राति करिब २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले सडकमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरो गाडी जाँच गरेको थियो।

जाँचका क्रममा गाडीमा रहेका २९ वटा बोराबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाजा कारोबारमा  संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

View : 74

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved