Biratnagar, Morang, Nepal
२१ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

ब्ल्याक डेकरको दशैं योजनामा बम्पर उपहार

उद्‌घोष संवाददाता
२० असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । दशैं, तिहार तथा छठलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड ब्ल्याकडेकरले ‘दशैं विथ ब्ल्याक डेकर’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ ।

‘स्टाइलिस लिभिङ, स्मार्ट च्वाइसेस’ भन्ने नारासहित सार्वजनिक गरिएको योजनामा ग्राहकले ब्ल्याकडेकरका विभिन्न उपकरण खरिद गर्दा पक्का उपहारदेखि बम्पर उपहारस्वरूप भियतनाम भ्रमणसम्मको अवसर पाउने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत तोकिएका उत्पादन खरिद गर्ने ग्राहकले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किटलगायतका पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, योजनाअवधिभर प्रत्येक १५ दिनमा हुने पाक्षिक लक्की ड्रमार्फत भाग्यशाली विजेताले ब्ल्याकडेकरको एमजी–५५०–आईएन मोडेलको मिक्सर जित्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ ।

योजनाको बम्पर लक्की ड्रमार्फत भाग्यशाली विजेताले भियतनाम भ्रमण गर्ने अवसर पाउनेछन् । 

ग्राहकको खरिदलाई थप सुरक्षित र विश्वस्त बनाउन ब्ल्याकडेकरका उपकरणमा दुई वर्षको रिप्लेसमेन्ट वारेन्टीसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

असोज ११ गतेदेखि सीमित अवधिसम्म लागू हुने उक्त योजना नेपालभरका २२ वटा सीजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शप, आधिकारिक बिक्रेता सञ्जाल तथा सीजी डिजिटलको अनलाइन प्लेटफर्ममार्फत उपलब्ध हुने जनाइएको छ । 

११६ वर्षको इतिहास बोकेको ब्ल्याकडेकरले नेपाली उपभोक्ताको चाडपर्वलाई थप उत्साहपूर्ण र सुविधाजनक बनाउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ ।

View : 23

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved