Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

कान्तिपुरका विद्यार्थीलाई विशेष सम्मान

उद्‌घोष सम्वाददाता
९ पुष २०८१, मङ्गलवार

विराटनगर । कान्तिपुर कलेज विराटनगरले कक्षा ११ को वार्षिक परीक्षा, कक्षा ११ तथा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाकलाप अन्तर्गत  निबन्ध लेखन, हाजिरीजवाफ, कविता वाचन, वक्तृत्वकलालगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ । 

सोमवार कलेज परिसरमा आयोजित भव्य कार्यक्रममा विद्यार्थीहरूलाई कक्षा ११ तथा १२ मा पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्तिसहित नगद तथा प्रमाणपत्र प्रदानगरी कलेजले सम्मान गरेको छ । 

कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङकायतर्फबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरू क्रमशः राजनारायण महतो, विजय यादव र करूणाकुमारी साह, व्यवस्थापन सङकायबाट अर्पण सिवा, सरिताकुमारी साह र प्रिज्मा दाहाललाई सम्म्मान गरिएको हो ।

यस्तै होटेल व्यवस्थापन सङकायतर्फबाट क्रमशः कोशिका कोइराला, असिन अधिकारी र क्रिश्चल घिमिरेलाई पूर्ण छात्रवृत्ति सहित मेडिकल, इन्जिनियरिङ, सिम्याट लगायतका पुस्तकहरू साथै प्रमाणपत्रले सम्मान गरिएको प्रँचार्य भुवन नेपालले जानकारी दिए । 

त्यस्तैगरी प्रथम त्रैमासिक परीक्षामा कक्षा १२ तर्फ विज्ञान सङ्कायबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी क्रमशः राजनारायण महतो, प्रिन्सन श्रेष्ठ, र विजय यादव, व्यवस्थापन सङकायतर्फ क्रमशः निशिका खरेल, प्रिज्मा दाहाल र आयुष्मा थापा, होटेल व्यवस्थापनतर्फ असिन अधिकारी, सुभम झा र एलिसा कार्की तथा कक्षा ११ विज्ञान सङ्कायतर्फ प्रियङ्का चौधरी, प्रशान्त चौलागाईं, सिर्जिक घिमिरे, व्यवस्थापन सङकायतर्फ नितेशकुमार मण्डल, स्वेताकुमारी दास र योगेश मगरलाई अविर, माला र प्रमाणपत्रले सम्मान गरिएको थियो । 

त्यस्तै गरी मेडिकल, इन्जिनियरिङ सिईई मक टेस्टमा प्रथम हुने राजनारायण महतो, द्वितीय हुने करूणाकुमारी साह र तृतीय हुने विजय यादवलाई पनि सम्मान गरिएको थियो । 

यसरी प्रत्येक हप्ता लिने तयारी परीक्षाबाट मेडिकल, पारामेडिकल, इन्जिनियरिङ तथा आईटीको क्षेत्रमा धेरै विद्यार्थीहरूले नाम निकालेर अध्ययन गरिरहेको विज्ञान सङ्काय संयोजक हिमालय बरालले बताए । 

अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ, निबन्ध लेखन, कविता वाचन, वक्तृत्वकला आदि विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको व्यवस्थापन सङ्काय संयोजक रोशन राजवंशीले बताए ।

सो कार्यक्रममा अध्यक्ष खुशीराज श्रेष्ठ, प्राचार्य भुवन नेपाल, संयोजकद्वय हिमालय बराल र रोशन राजवंशी, निर्देशकहरू डा जनक अधिकारी, कृष्ण भण्डारी, सन्तोषकुमार भगत, प्रदीपकुमार दास, जेवी मगर, ई जयनाथ यादव, विष्णु दाहाल, शंकर काफ्ले, देवीलाल महतो, श्यामनारायण शाह, धिजनवावु काफ्ले, विवेक आचार्यलगायत शिक्षक शिक्षिकाहरूको सहभागिता थियो ।

View : 55

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved