गोठगाउँ । पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकायको नवनियुक्त डीन प्रा. डा. परिचा उपाध्याय ढुङ्गेलले आज औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन् ।
बिहीबार मोरङको गोठगाउँस्थित चिकित्साशास्त्र संकायको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उनले पदभार सम्हालेकी हुन् ।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सहभागीहरूले नवनियुक्त डीन प्रा. डा. ढुङ्गेललाई खादा, रुद्राक्ष माला तथा पुष्पगुच्छासहित हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
साे संकायअन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेज , पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ मेडिसिन तथा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा छन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त डीन प्रा. डा. ढुङ्गेलले संकाय मातहतका स्कुल अफ मेडिसिन र स्कुल अफ हेल्थ साइन्सेजको शैक्षिक गुणस्तर सुदृढ बनाउने, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा शिक्षण अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप प्रभावकारी, आधुनिक र जनमुखी बनाउन आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
View : 218
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved