विराटनगर : नेपाल किसान महासंघ ग्रामथान गाउँपालिकाको पदस्थापन तथा संगठन बिस्तार कार्यक्रम शनिबार धनीबनी गाउँको नेता चोकमा सम्पन्न भएको छ ।
नेपाल किसान महासंघ ग्रामथान गाउपालिकाका सभापति बादलकुमार माझीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, नेपाल किसान महासंघ मोरङका अध्यक्ष बसन्त होमागाईं, सूर्यनारायण माझी, प्रदेश सभापति सबदनारायण चौधरी, नेपाली कांग्रेस ग्रामथान सभापति तुलसीकिरण विश्वास लगायतको सहभागिता रहेको थियो ।
महासंघले किसानहरूलाई पशुपंछी बिमा, मलखादको उपलब्धता, सिँचाइको सुविधा लगायतका विषयमा कोशी प्रदेश मुख्यमन्त्री तथा कृषि मन्त्रालयको ध्यानाकर्षण गराएको जनाएको छ ।
View : 408
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved