एमफिल
कविता पौड्याल
उच्च शिक्षाको क्षेत्रमा नेपालका धेरै विश्वविद्यालयहरू मध्ये पूर्वाञ्चल विश्वविद्यालयले आफूलाई एउटा विशिष्ट पहिचान बनाइसकेको छ। यस विश्वविद्यालयको एमफिल कार्यक्रम धेरै नै उत्कृष्ट रहेछ । एमफिल (मास्टर आफ फिलोसोफी, दर्शनाचार्य ) कार्यक्रम भनेको अनुसन्धानको पहिलो औपचारिक कदम हो।अहिलेको समयमा उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न एमफिल / पीएचडी अनिवार्य नै भएकोले मैले पनि अध्ययन शुरु गरेकी हुँ ।
मैले यहाँको एमफिल कार्यक्रममा भर्ना भएर अध्ययन गरेकोमा मलाई निकै नै सन्तुष्टि मिलेको छ। पढाइमा आर्थिक तथा समयको लगानी सही ठाउँमा भएकोमा खुसी यो कार्यक्रमले दिएको छ साथै मलाई अनुसन्धानको महत्व दुवै बुझाइदिएकोमा पूर्वाञ्चल विश्वविद्यालयलाई नै विशेष धन्यवाद दिन चाहन्छु ।
यहाँको वातावरणले विद्यार्थीलाई किताबी ज्ञान साथै सोच्ने र विश्लेषण गर्ने क्षमता पनि विकसित गरेको महसुस गरेकी छु । पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीहरूलाई अनुसन्धानमा वास्तविक रुपमै लाग्ने वातावरण प्रदान गरेको छ भन्ने लाग्छ र छ पनि ।
यस विश्वविद्यालयमा प्राध्यापन गर्ने प्राध्यापकहरू अत्यन्तै अनुभवी हुनुहुन्छ। विशेष गरी, नेपालका विभिन्न विश्वविद्यालयका उच्च कोटिका प्राध्यापकहरू प्राडा देवेन्द्र वहादुर क्षेत्री , प्राडा प्रेमराज पन्त , प्राडा.राधेश्याम प्रधान , प्राडा. माधवराज कोइराला , प्राडा नवराज कडेल, प्राडा महानन्द चालिसे, डा. उत्तमकुमार रेग्मी, डा. रमेशबाबू काफ्ले सर लगायतले हामीलाई तथ्याङ्कशास्त्र, जनरल म्यानेजमेन्ट , वित्तशास्त्र, इकोनोमेट्रिक्स , अनुसन्धान विधि, फिलोसोफी जस्ता विषयहरूमा धेरै वर्षको अनुभवका आधारमा पढाउनुहुन्छ, उहांँहरु मेरा लागि सबैभन्दा ठूलो प्रेरणाको स्रोत बन्नुभएको छ।
उहांँहरूले अनुसन्धानका विषयहरूलाई केवल व्याख्या गर्दै उक्त विषयहरुमा गहिरो खोज गर्न प्रेरित गर्नुहुने कुरा सर्वव्यापी जस्तो हो। उहांँहरूको शिक्षण शैली निकै प्रेरणादायी रहेको मेरो बुझाइ छ।
म आफू पनि शिक्षण पेशामा आवद्ध छु । मेरा लागि एमफिलको डिग्री महत्त्वपूर्ण छ , तर त्योभन्दा महत्त्वपूर्ण त मेरो गुरुहरुको पढाउने शैलीवाट सिकेको पाठ अति नै महत्त्वपूर्ण छ, उहाँहरुको त्यो उर्जालाई म सहृदय नमन गर्न चाहन्छु । उहांँहरुको उत्प्रेरणले नै प्रथम सेमेष्टरमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकी छु ।
पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विषयमा धेरै विज्ञता हासिल गर्नुहुने व्यक्तित्वहरु हुनुहुँदों रहेछ । एमफिल, पीएचडी कार्यक्रमका पहिलो निर्देशक प्राडा विजुकुमार थपलिया जो अहिले विश्वविद्यालयमा उपकुलपतिको विशिष्ट पदमा बहाल हुनुहुन्छ, उहाँले हामी अध्ययनरत विद्यार्थीहरुका अनुसन्धानका जिज्ञासाहरुलाई सहज रुपले मेटाउनु हुन्छ , उहाँको यो व्यवहार एकदमै उत्कृष्ट लागेको छ।
त्यस्तै पूर्व उपकुलपति प्राडा. यादवराज कोइराला , डा सन्देशदास श्रेष्ठ ( डीन, व्यवस्थापन ), डा. कृष्ण पाण्डे , डा. कोमल दुलाल, व्यवस्थापन संकायकी सहायक डीन सोनिला शाक्य मेडम लगायतको सहयोग अति नै अनुकरणीय छ । कतै कतै पूर्वाञ्चल विश्वविद्यालयमा त यसै राम्रो अंक आउँछ भन्ने हल्ला पनि सुनिन्छ , तर त्यो विल्कुल गलत रहेको मैले पूर्ण रुपमा महसुस गरेकी छु ।
यस विश्वविद्यालयमा कुनै पनि कार्यक्रम, तहमा सफलता तथा दक्षता हासिल गर्न उच्च मेहेनत तथा परिश्रमको आवश्यकता पर्ने रहेछ । यहाँको परीक्षा निक्कै मर्यादित, अनुशासित र व्यवस्थित हुदों रहेछ ।
हरेक कक्षा (भाैतिक होस् या अनलाइन) नियमित रूपमा सञ्चालन हुन्छन्। यसले हामीलाई अनुशासित रहेर अध्ययन गर्न मद्दत गरेको छ । आफूसंँग भएको समयलाई उच्चतम् व्यवस्थापन गरेर कक्षा बसिरहंदा सिकेका कुराले आफ्नो शिक्षण सिकाईमा प्रयोग गर्न पाएको अनुभवले धेरै आनन्दित तुल्याएको छ । कक्षामा उठ्ने प्रश्नहरूलाई गम्भीरतापूर्वक लिई विषयबारे विस्तृत छलफल गरिन्छ जुन धेरै नै प्रभावकारी हुनु गरेको महसुस गरेकी छु ।
एमफिल, पीएचडी कार्यक्रमका निर्देशक प्राडा. जीवनकुमार ढकाल सरको नेतृत्व मेरो साथै सम्पूर्ण साथीहरुको लागि धेरै सकारात्मक छ। उहाँले कार्यक्रमलाई साह्रै सहज रुपले सुचारु रूपमा सञ्चालन गर्नुका साथै विद्यार्थीहरूका समस्याहरू सुन्ने र समाधान खोज्ने प्रयास गर्नुहुन्छ। यसले हामीलाई आत्मविश्वास र आशाको भावना दिन्छ; दिएको छ । उहाँले हामीलाई अनुसन्धानमा हरपल प्रेरित गर्नुका साथै आवश्यक मार्गदर्शन पनि दिनुहुन्छ।
कार्यक्रमको सफलतामा विद्यार्थीहरूको सहभागिता र सहकार्यको पनि ठूलो भूमिका रहेको छ। हामीले एकअर्कासँगको सहकार्यबाट धेरै केही सिक्यौं। प्रश्न प्रतिप्रश्न, विचार विमर्शले हाम्रो सिकाइलाई अझ समृद्ध बनाएको छ। विश्वविद्यालयले आयोजना गर्ने कार्यशाला, सेमिनार र अन्य शैक्षिक कार्यक्रमले पनि हामीलाई अनुसन्धानको विस्तृत पक्ष बुझ्न मद्दत गर्ने भएकोले यस्ता प्रकारका कार्यक्रम गर्न जरुरी छ ।
विश्वविद्यालयले विद्यार्थीहरूलाई अनुसन्धानका लागि आवश्यक सुविधाहरू उपलब्ध गराइरहेको र भविष्यमा पनि गराउने कुरामा हामी निश्चित छौं।म विद्यार्थी भएको नाताले मेरो सुझाव यो हो कि – एमफील र पीएचडी तहका विद्यार्थीहरूका लागि एउटा सानो पुस्तकालयको व्यवस्था हुनुपर्छ । अहिले विश्वविद्यालयको मुख्य पुस्तकालयबाट टाढा रहनुपर्ने भएकाले विद्यार्थीहरूलाई अनुसन्धान सामग्री खोज्न र अध्ययन गर्नमा कठिनाई भएको छ। एउटा "नेनो" पुस्तकालयको व्यवस्था गरिएमा यस कार्यक्रमका विद्यार्थीहरूलाई ठूलो सहयोग मिल्नेछ।
मेरो अर्को सुझाव के हुन सक्छ भने - परीक्षा र परिणामको समय निर्धारित समयमा हुनुपर्छ । पूर्वाञ्चल विश्वविद्यालयले अन्य विश्वविद्यालयको तुलनामा परीक्षाहरु समयमै लिने गरेको छ, तर अझै चुस्त दुरुस्त गराउन सके विद्यार्थीले बीचैमा पढाइ छोड्ने प्रवृत्ति पनि कम हुने थियो । कहिलेकाँही परीक्षा समयमा ढिलाइ वा परिणाम ढिलो आउनाले अनुसन्धानमा लागेका विद्यार्थीलाई पढाइमा मन केन्द्रित गर्न कठिनाइ र वाधा हुन जान्छ । यसलाई सुधार गर्नु अत्यन्तै आवश्यक छ।
समग्रमा, पूर्वाञ्चल विश्वविद्यालयको एमफिल कार्यक्रमले मलाई अनुसन्धानको महत्व र फाइदाहरू बुझाइदियो। यहाँको वातावरणले मलाई केवल ज्ञान मात्र दिएन , बरु मेरो सोच्ने शैली र दृष्टिकोणलाई परिवर्तन गरिदिएको छ। म यस कार्यक्रममा अध्ययन गर्न पाएकोमा धेरै धन्य महसुस गर्दछु।
यहाँको यात्रालाई मैले आफ्नो जीवनको एउटा महत्वपूर्ण भाग ठानेकी छु। यदि तपाईंले पनि अनुसन्धानको मार्गमा अघि बढ्नुहुन्छ भने, पूर्वाञ्चल विश्वविद्यालयको एमफिल कार्यक्रम एउटा उत्कृष्ट छनोट हुन सक्छ।
एमफिल (दोस्रो सेमेस्टर), पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर ,
हाल कार्यरत- मेची बहुमुखी क्याम्पस , भद्रपुर झापा
View : 1518
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved