काठमाडौं, २४ कात्तिक : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् ।
आज शुक्रबार सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताएका हुन् ।
“छिटो न्याय दिनका लागि पुराना मुद्दा फछ्र्योटलाई तीव्ररुपमा अगाडि बढाएका छौँ, त्यो अभियान पूरा गर्नका लागि न्यायाधीशको पनि जरुरी पर्छ”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “न्यायालयप्रति जनआस्था वृद्धिका लागि काम गरिरहेको बढाउका छौं ।”
प्रधानन्यायाधीश श्रेष्ठले केही समयपछि नै केही जिल्लामा भिडियो कन्फ्रेन्समार्फत बहस व्यवस्थापनको प्रवन्ध मिलाउने तयारी गरिरहेको जानकारी दिए ।
“जुम्ला इजलास, धनकुटा इजलास, हेटौँडा इजलासमा चाँडै भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस व्यावस्थापन गर्ने तयारी भएको छ”, उनले भने ।
View : 434
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved