विराटनगर/ विराटनगर–५ मा अवस्थित किड्स भिलेज विद्यालयले ११ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । विराटनगर–८ स्थित आरोहण गुरुकुलमा भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
सो अवसरमा राष्ट्रगानका रचयिता प्रदीपकुमार राई ‘ब्याकुल माइला’ ले निर्भिकताका साथ किड्स भिलेजका विद्यार्थीहरूले दिएको प्रस्तुतिबाट आफू बालापनमा फर्किन पुगेको बताए ।
कार्यक्रममा बालकक्षादेखि ७ कक्षासम्मका विद्यार्थीहरूले सांगीतिक नृत्य, सांस्कृतिक पहिरनसहितको ‘फेसन शो’, हनुमान चालिसा, भजन, नाटक, कराते र तेक्वान्दोका कौशलाता समेत प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले आफ्ना ४२ विद्यार्थीहरूलाई दीक्षित गरेको प्राचार्य विजय दाहालले बताए । स्कुलमा आफूहरूले गरेको मेहनत र अभिभावकको साथले गर्दा विराटनगरको उत्तरी भेग पुष्पलाचोकमा मारिया किड्स मन्टेश्वरी स्कुल पनि आफ्नै मातहतमा सञ्चालन गर्न थालेको दाहालले बताए ।
कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले किड्स भिलेजले पठनफाठनसँगै अतिरिक्त त्रियाकलापमा पनि आफ्ना विद्यार्थीहरूलाई अब्बल बनाएको उनको भनाइ थियो । सो अवसरमा विद्यालयका प्रवन्ध निर्देशक पङ्कज जैन, अध्यक्ष मदन खतिवडा, शैक्षिक निर्देशक निर्मला अधिकारले पठनफाठनसँगै अतिरिक्त त्रियाकलापमा जोड दिंदै आएकोले किड्स भिलेजप्रति अभिभावकको भरोसा बढेको बताए ।
मोरङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, कोषाध्यक्ष मणिराज भट्टराई, सदस्य, इन्द्र राई, नेपाली कांग्रेसका नेता फूलकुमार लालवानी, विराटनगर प्याब्सन अध्यक्ष अर्जुन श्रेष्ठ, सचिव चिरञ्जीवी तिम्सिना लगायतले किड्स भिलेजको कार्यक्रम हेरेर मन्त्रमुग्ध भएका थिए ।
View : 402
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved