काठमाडौैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को अन्तिम खेलमा उरुग्वेमाथि १–० को महत्वपूर्ण जित निकाल्दै स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
शनिबार बिहान मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियोमा सम्पन्न खेलमा स्पेनले पहिलो हाफमा गरेको एकमात्र गोलको आधारमा तीन अंक हात पारेको हो ।
आजको खेलमा स्पेनका लागि आलेक्स बाएनाले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सोही गोल स्पेनको लागि जित बन्यो ।
यस जितसँगै स्पेनले समूह चरणका तीन खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ । समूह विजेताका रूपमा स्पेन नकआउट चरणमा समेत पुगेको छ ।
यस्तै, समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको उरुग्वे पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल न्यूज बैंक
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved