Biratnagar, Morang, Nepal
८ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

एकल विद्यालयलाई कालुराम तोदी धार्मिक सेवा पुरस्कार

उद्‌घोष संवाददाता
७ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । श्रीसत्यनारायण मन्दिर विराटनगरले यस वर्षको कालुराम तोदी धार्मिक सेवा पुरस्कार जनकल्याण प्रतिष्ठान एकल विद्यालयलाई प्रदान गरेको छ ।

मन्दिर परिसरमा मंगलबार आयोजित कार्यक्रममा एकल विद्यालयलाई नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कार एकल विद्यालय अभियान नेपालका कोशी प्रदेश सचिव रमेशकुमार चापागाईंले ग्रहण गरेका छन् ।

श्रीलक्ष्मीनारायण मन्दिर पाञ्चाली विराटनगरका मठाधीश स्वामी अच्युत प्रपन्नाचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाता परिवारका तर्फबाट कालुराम तोदीका नाति सुधीर तोदीले पुरस्कार प्रदान गरेका थिए । 

मन्दिर समितिका उपाध्यक्ष प्रदीप तोदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र करुवाले गरेका थिए ।

यसैबीच, मंगलबार नै सम्पन्न मन्दिरको विशेष साधारण सभाले नयाँ कार्यसमितिका लागि १३ सदस्य चयन गरेको छ । 

समितिमा राजेन्द्र करुवा, जुगलकिशोर राठी, विमल अग्रवाल, प्रदीप तोदी, गौरीशंकर राठी, सतिस अटल, ओमप्रकाश अग्रवाल, सन्तोष अग्रवाल, रविन्द्र शर्मा, त्रिलोक शर्मा, डिल्लीराम अधिकारी र विष्णुप्रसाद वाग्ले चयन भएका छन् ।

सचिव करुवाका अनुसार चयन भएका सदस्यहरूमध्येबाटै सभापतिसहितका पदाधिकारी अब चयन गरिनेछ ।

View : 67

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved