Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सम्पन्न

उद्घोष सम्वाददाता
५ मंसिर २०८१, बुधवार

विराटनगर । स्व. शंकरलाल राठीको स्मृतिमा आयोजित अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम दिनको खेलमा जुनियर ब्वाइज सिंगल्स, जुनियर गल्र्स सिंगल्ससवजुनियर ब्वाइज सिंगलतर्फका खेलहरू सम्पन्न भएका हुन् ।

त्यसैगरी जुनियर ब्वाइज सिंगल्सतर्फ बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले एभरेष्ट स्कुलका सुशान्त मेहतालाई ११–८, १३–११, ४–११११–९ सेटको स्कोरमा पराजित गरि प्रथम स्थान हाँसिल गरे ।

लिलिपुट स्कुलका श्रीजल प्याकुरेल र एभरेष्ट स्कुलका सक्षम बस्नेत संयुक्त रुपमा तृतीय भए ।

जुनियर गर्ल्स सिंगल्सतर्फ सेन्टमेरिज स्कुलकी विज्ञता थापाले एभरेष्ट स्कुलकी कृपा पोखरेललाई ८–११, ८–११, ११–६, ११–८११–७ सेट स्कोरले पराजित गरि प्रथम भइन् । 

बुढानिलकण्ठ स्कुलकी आकृति मगर र सेन्ट जोसेफ स्कुलकी अनोखी साह संयुक्त रुपमा तृतीय बने ।

सवजुनियर ब्वाइज सिंगल्सतर्फ बुढानिलकण्ठ स्कुलका आदर्श राजवंशीले अरनिको स्कुलका आयुद्ध भण्डारीलाई ११–३, ६–११, १०–१२, ११–८११–५ सेट स्कोरले पराजित गरि प्रथम भए । त्यस्तै बुढानिलकण्ठ स्कुलका आयन श्रेष्ठ र प्रेमराज थापा संयुक्त रुपमा तृतीय भएका थिए ।

सवजुनियर गर्ल्स सिंगल्सतर्फ श्रीश्री रविशंकर विद्या मन्दिरकी स्वस्तिका चौधरी प्रथम भइन् । एभरेष्टकी आशना कटवाल द्वितीय र बुढानिलकण्ठकी मानसी तामाङ र सेन्ट मेरिजकी आर्या पराजुली संयुक्त रुपमा तृतीय भएका थिए ।

क्याडेट ब्वाइज सिंगल्सतर्फ भने एभरेष्ट स्कुलका रेहान यादव प्रथम भएका थिए । विकेभिएमका ऋषि साह द्वितीय र पिटर प्यान प्ले पेन स्कुलका नीरजंग थापा र पोखरिया माविका रक्ष बुढा संयुक्त रुपमा तृतीय भएको जनाइएको छ ।

क्याडेट गर्ल्स सिंगल्सतर्फ श्रीश्री रविशंकर विद्या मन्दिरकी प्राप्ति सेढाँई प्रथम भइन् । अरनिको स्कुलकी स्वर्णिमा कोइराला द्वितीय भइन् । त्यस्तै अरनिकोकै साइना अधिकारी र सेन्ट मेरिजकी अद्यता गौतम संयुक्त रुपमा तृतीय भएका थिए ।

उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडी विकेविएमका अभिराज मेहता घोषित भए । त्यस्तै उदयीमान खेलाडीको अवार्ड जेम्स इन्टेरनेशनल स्कुलका विनायक कार्कीले जिते ।

प्रतियोगिताको समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई कोशी प्रदेश सभा सदस्य भीम पराजुली, विराटनगर टेबल टेनिस संघका अध्यक्ष विकेन थापा लगायतले पुरस्कार तथा खेल सामग्री वितरण गरिएका थिए ।

कार्यक्रममा संघका सचिव राजेश भट्टराई, अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्षद्वय अनुज बाँनिया र मनोहर पोखरेल, वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरिक्षक बुद्ध श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका पूर्व वरिष्ठ प्रशिक्षक ध्रुव क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved