Biratnagar, Morang, Nepal
६ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनमा अग्रवाल र लालवानी निर्वाचित

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको अध्यक्षमा विराटनगरका गोपाल अग्रवाल र महासचिवमा विराटनगरकै मोहित लालवानी निर्वाचित भएका छन् । 

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको असोज ३ र ४ गते चितवनको सौराहामा सम्पन्न पाँचौँ महाधिवेशनबाट विराटनगरका गोपाल अग्रवाल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी, मोहित लालवानी महासचिव पदमा निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

यस अघि युवा संगठनमा अग्रवाल राष्ट्रिय उपाध्यक्ष र लालवानी सचिव पदको जिम्मेवारीमा रहेका थिए । लालवानी मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष पनि हुन् ।

महाधिवेशनमा विभिन्न २६ वटा मारवाडी युवा संगठनका २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका थिए ।

सुरेन्द्र गोल्छा निर्वाचन प्रमुख र फूलकुमार लालवानी सहप्रमुख रहेको निर्वाचन मण्डलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेका थिए ।

View : 166

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved