विराटनगर । नेपाली हिन्दू धर्मावलम्बीले आज दसैँको सातौँ दिन फूलपाती भित्र्याएर नवदुर्गाको पूजा–आराधना गर्दैछन् । यस अवसरमा देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
विराटनगरस्थित कालीमन्दिर र मोरङको रंगेलीस्थित संसारी माइस्थानमा विशेष पूजाआजा हुने भएको छ । संसारी माइस्थानमा रहेको जमरा घरमा परम्पराअनुसार फूलपाती भित्र्याउने गरिन्छ ।
फूलपातीलाई शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ । आज नवदुर्गाको सातौँ स्वरूप देवी कालरात्रिको पूजा पनि गरिन्छ ।
धार्मिक विश्वासअनुसार देवीको आराधनाले भय र सङ्कटबाट मुक्ति मिल्छ ।
यसै अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती विधिपूर्वक भित्र्याउने परम्परा छ ।
फूलपातीले दसैँको उल्लास बढाउनुका साथै धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको छ ।
View : 49
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved