विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । कांग्रेसको तर्फबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा बुझाएका छन् ।
सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङले राजिनामा दिएका हुन् ।
कांग्रेसका मन्त्रीहरुसहित बुधबार मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकपछि उनीहरुले मुख्यमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाएको जनाइएको छ ।
कोशीमा अब एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमति अनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीकै नेतृत्वमा सरकार बन्ने बाटो खुलेको छ । तर नेकपाभित्र सरकारमा सहभागी हुने मन्त्रीको नाम भने टुंगो लागेको छैन ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved