Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

महानगरस्तरीय कबड्डीमा चारवटा वडा सेमिफाइनल प्रवेश

उद्‌घोष सम्वाददाता
१७ माघ २०८१, बिहिवार

Advertisement

विराटनगर । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको विज्ञान भवन मैदानमा जारी महानगरस्तरीय कबड्डी प्रतियोगितामा चारवटा वडा सेमिफाइनल प्रवेश गरेका छन् ।

बुधबार भएको क्वाटरफाइनल खेलबाट वडा नम्बर ९, १०, १४ र १७ सेमिफाइनलमा पुगेका हुन् । वडा नम्बर १३ लाई पराजित गर्दै वडा नम्बर १४ सेमिफइनलमा पुगेको हो । 

वडा नम्बर ४ लाई पराजित गर्दै वडा नम्बर १७ सेमिफाइलनमा स्थान बनाउन सफल भयो । वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ९ सेमिफाइनलमा पुग्दा वडा नम्बर १६ लाई हराएर वडा नम्बर १० पनि सेमिफाइलनसम्म पुगेको हो ।

वडा नम्बर ९ र १० बाइ पाएर क्वाटर फाइलनमा आएका हुन् । जारी प्रतियोगिताको फाइनल खेल बिहीबार हुने जनाइएको छ । 

प्रतियोगितामा प्रथम हुने वडाको टोलीलाई ५१ हजार रूपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

दोश्रो हुनेलाई ३१ र तेस्रो हुने दुई टोलीलाई ११ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक हमिद आजादले बताए ।

View : 42

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved