सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन(एन–प्याब्सन) मोरङले आयोजना गरेको जिल्ला स्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा लोक नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता तथा विज्ञान प्रदर्शनी रहेको थियो ।
राष्ट्रिय तथा लोक नृत्य प्रतियोगिता अन्तर्गत जुनियरतर्फ हिमालय इङ्लिश स्कुल सुन्दरहरैंचा प्रथम, अभा इङ्लिस स्कुल बुढीगंगा दोस्रो र मोरङ चिनारी तेस्रो भए ।
त्यसैगरी सोही विधामा सिनियरतर्फ डेल्टा इङ्गलिस स्कुल बेलबारी, इन्द्रपुर सेकेण्डरी स्कुल सुन्दरहरैंचा दोस्रो, कालीदेवी सेकेण्डरी स्कुल तेस्रो र बुद्ध इङ्गलिस स्कुल ग्रामथानले सान्तवना स्थान हासिल गरेका छन् ।
कार्यक्रममा विज्ञान प्रदर्शनीतर्फ मनकामना सेकेण्डरी इङ्गलिस स्कुल विराटनगर प्रथम, इन्द्रपुर सेकेण्डरी स्कुल सुन्दरहरैंचा दोस्रो, डेल्टा इङ्गलिस स्कुल बेलबारी तेस्रो भए ।
View : 22
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved