Biratnagar, Morang, Nepal
१४ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

राधाकृष्ण रथयात्राको दान दैवी प्रकोप उद्धार कोषलाई

उद्‌घोष संवाददाता
१४ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगरको श्रीराधाकृष्ण राथयात्रामा संकलन हुने सम्पूर्ण दान रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ ।

यही भदौ २० गते हुने ९५ औँ संस्करणको श्रीराधाकृष्ण रथयात्रामा संकलन हुने सम्पूर्ण दान रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको हो । 

शनिबार बसेको श्रीराधाकृष्ण मन्दिर कार्यसमितिको बैठकले रथयात्राका क्रममा संकलन हुने रकम राहत कोषमा पठाउने निर्णय गरेको हो । 

कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीले संकलित रकम बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा बुझाइने जानकारी दिए ।

उनले यसअघि रथयात्रामा संकलन हुने दान रकम मन्दिरको कोषमा जम्मा गरिने गरेको भए पनि यसपटक प्रलयकारी विपत्तिको रुपमा देखिएको बाढी पहिरोका पीडितलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा पठाइने जानकारी दिए । 

अध्यक्ष रेग्मीले रथयात्रामा सहभागी हुने श्रद्धालुहरुसँग आफूले दान गर्ने रकम समितिको दानपेटिकामा हाल्न अनुरोध गरेका छन् । 

संकलित दान रकम मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइने उनले बताए ।

View : 25

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved