काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो ।
उक्त शेयरको कुल मूल्य ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबर रहेको छ ।
आईपीओमा २३ लाख ५१ हजार ५६० जना आवेदकले २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन स्वीकृत भएका छन् । बाँकी आवेदन रद्द भएका छन् ।
निष्काशन गरिएको शेयरको तुलनामा माग अत्यधिक भएपछि कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको हो ।
बाँडफाँटअनुसार ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।
यसअनुसार आवेदन दिएका करिब २३ लाखभन्दा बढी स्वीकृत आवेदकमध्ये सीमित संख्याले मात्र कम्पनीको शेयर प्राप्त गरेका छन् ।
आईपीओ नपर्ने आवेदकको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फिर्ता हुने व्यवस्था गरिएको छ ।
View : 25
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved