Biratnagar, Morang, Nepal
१ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा नेकपाबाट टुंगिए चार मन्त्री र एक राज्यमन्त्री, सपथको तयारी

उद्‌घोष संवाददाता
१ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी हुनेको नाम टुंगो लागेको छ । 

स्रोतका अनुसार इलामकी खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, मोरङका जीवन आचार्यलाई भौतिक पूर्वाधार, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र मोरङकै गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री बन्ने भएका छन् ।

मन्त्रीहरुको सपथ आजै ३ बजे तय भएको छ । 

यसैगरी, सुनसरीकी सपना परियारलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

नेकपामा मन्त्री बन्न चाहने सांसदहरुको संख्या धेरै भएपछि नाम छनोटमा ढिलाइ भएको थियो ।

नेकपा कोशीका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र आङ्बो र प्रदेश अध्यक्ष हर्क नेम्वाङलाई मन्त्री छनोटको जिम्मेवारी दिइएको थियो ।

यी तीन नेताबीच सोमबार बिहान छलफल भएपछि नाम टुंगो लगाइएको हो ।

यसअघि संसदीय दलको शनिबार बसेको बैठकले पनि मन्त्रीहरुको नाम टुंगो लगाउन सकेको थिएन ।

View : 39

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved