Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मनमोहनको उपकुलपतिमा डा सुवासश्री पुनः नियुक्त

उद्‌घोष सम्वाददाता
१२ पुष २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा डा सुवासश्री पोखरेललाई पुनः नियुक्त गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले डा पोखरेललाई चार वर्षे दोस्रो कार्यकालका लागि उपकुलपति नियुक्त गरेका हुन् ।

नवनियुक्त उपकुलपति पोखरेललाई बिहीबार नै मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथग्रहण पनि गराएका छन् ।

सोही क्रममा उनले दोस्रो कार्यकालका लागि नियुक्त पोखरेललाई पहिलो कार्यकाल भन्दा पनि अझै राम्रो काम गरेर विश्वविद्यालयलाई गति दिलाउन सफल हुने विश्वास गर्दै शुभकामना दिए । 

सपथ ग्रहणपछि नवनियुक्त कुलपति डा पोखरेलले बिहीबार नै विश्वविद्यालयमा पुगेर आफनो पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै आफनै नेतृत्वमा जग हालेको कोशी प्रदेश सरकारको विश्वविद्यालयलाई आगामी चार वर्षभित्र अन्तराष्ट्रिय स्तरमा चिनाएरै छाडने प्रतिबद्धता जनाए । 

उनले पदाधिकारीहरू र कर्मचारीहरूलाई अघिल्लो कार्यकालमा गरेको सकारात्मक सहयोगका लागि धन्यवाद दिदै अगामी कार्यकालमा पनि कसैलाई काखा र पाखा नगरी विश्वविद्यालयको सर्वोत्तम हितका लागि सबैसँग मिलेर सहकार्य गर्ने बताए । 

सपथग्रहण कार्यक्रममा उपकुलपति पोखरेलको सफल कार्यका लागि रजिष्ट्रार डा. दिलनाथ फुयाल, डिन डा. प्रचण्डमान प्रधान, मनमोहन पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारी लगायतले शुभकामना दिएका थिए । 

पदभार ग्रहणका क्रममा उपकुलपति पोखरेलले विश्वविद्यालयको आगामी मिसन २०८५ सफल बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । उनकै नेतृत्वमा निर्माण भएको ‘मनमोहनको मिसन,२०८५’ रणनीतिमा १८ वटा मुख्य कार्यभारहरू सम्पन्न गर्नुपर्ने रहेका छन् । जसका लागि २० अर्ब भन्दा बढी रकम खर्च हुनेछ । 

जसमा विभिन्न आधुनिक ल्यावहरूको स्थापना, भवनहरूको निर्माण, एक दर्जन निर्देशिका र नियमावली निर्माण, आफनै शिक्षण अस्पताल निर्माणदेखि स्नातक र स्नातोकोत्तरदेखि पिएचडीसम्मको शैक्षिक कार्यक्रम सञ्चालन लगायत रहेका छन् । 

हाल सो विश्वविद्यालयले विभिन्न ऐन र निर्देशिका निर्माण गरी चार विषयमा स्नातक, दुई विषयमा स्नातकोत्तर र विभिन्न प्राविधिक आठ विषयका डिप्लो तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ  ।

View : 74

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved