भोजपुर । जिल्ला कारागार भोजपुरमा मतदान सकिएको छ ।
४७ जना मतदाता रहेको कारागारमा ४६ जनाले मतदान गरेको जनाइएको छ । एक कैदी मतदाता भने कैदमुक्त भएर कारागारबाट निस्किसकेका कारण सत् प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए ।
यसैबीच, भोजपुर जिल्लाभरी अहिले अपरान्ह १२ बजेसम्म १३ हजार १ सय ९९ मत खसेको छ । जिल्लाका सवै मतदान केन्द्रमा विहान ७ बजेबाटै मतदान सुरु भएको जनाइएको छ ।
भोजपुरमा ५९ हजार २५३ महिला र ६४ हजार १२५ पुरुष गरी कुल १ लाख २३ हजार ३७९ जना मतदाता कायम छन् ।
कुल मतदाताको आधारमा भोजपुरमा अहिलेसम्म १० दशमलव ४९ प्रतिशत मतदान भएको सुवेदीले जानकारी दिए । यहाँ १६१ वटा मतदान केन्द्र रहेका छन् ।
View : 139
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved