Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

विश्वभरका ह्याकरसँग भिड्दै विराटनगरका ढकाल

उद्घोष सम्वाददाता
१० मंसिर २०८१, सोमवार

सउदी अरेबिया जाने क्रममा अनुभवरत्न ढकाल त्रिभुवन विमानस्थलमा

विराटनगर । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धामा विराटनगरका अनुभवरत्न ढकाल छनोट भइ सउदी अरेबिया पुगेका छन् । 

विश्वभरका इथिकल ह्याकरहरुको प्रतिस्पर्धा (क्याचर द फ्लाग, सीटीएफ) मा ढकालसहित नेपालका पाँच जना ह्याकरहरू साउदी अरेबिया पुगेका हुन् ।

विराटनगरका अनुभवरत्न ढकालको नेतृत्वमा गएको टोलीमा दिवस मैनाली, दिपन खनाल, प्रशान्त श्रेष्ठ र रिकेश कटुवाल छन् ।  सीटीएफ इथिकल ह्याकरहरूबीच हुने प्रतिस्पर्धा हो । जसका आयोजनाका लागि ब्ल्याक ह्याट एम ईए (मध्यपूर्व र अफ्रिका) नामक संस्थाले साउदी फेडेरेसन फर साइवर सेक्युरिटी  एन्ड प्रोग्रामिङ (एसएएफसीएसपी) र फ्ल्याग यार्डसँग सहकार्य गरेका छन् ।

अन्तिम चरणको प्रतिस्पर्धाका लागि विश्वभरबाट एक हजार बढी टोलीका ५ हजार ३ सय बढी ह्याकर सहभागी भएका छन् । अब २५० टोलीका हजार भन्दा बढी ह्याकरसँग पाँच नेपाली ह्याकरहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिस्पर्धाको फाइनल  मंगलबारदेखि बिहीबारसम्म साउदी अरेबियाको रियाद एक्जिबिसन एन्ड कन्भेसन सेन्टरमा हुने बताइएको छ ।

टोली नेता अनुभवरत्न विराटनगर तीनटोलियाका प्राडा नरेन्द्र ढकाल र गीता कोइराला ढकालका पुत्र हुन् ।

View : 27

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved