रंगेली । रंगेली–६ स्थित पब्लिक माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याएकी पूर्व शिक्षिका सुनिता ओझालाई सम्मान गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा उनले विद्यालयको अक्षय कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग पनि गरेकी छन् ।
रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुलीको उपस्थितिमा सम्पन्न कार्यक्रममा रंगेली–७ निवासी ओझालाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरी अभिनन्दन गरिएको थियो ।
विद्यालय प्रशासनका अनुसार, सो रकम शैक्षिक सामग्री खरिद र विद्यार्थीमैत्री सिकाइ प्रक्रिया विकासमा खर्च गरिनेछ ।
कार्यक्रममा वक्ताहरूले पूर्व शिक्षिका ओझाको शैक्षिक समर्पण, दीर्घकालीन योगदान र आर्थिक सहयोगको उच्च प्रशंसा गर्दै उनी जस्ता समर्पित व्यक्तिले समाजमा सकारात्मक सन्देश दिने बताएका थिए ।
कार्यक्रममा रंगेली– ६ का वडाध्यक्ष सुजितकुमार मण्डल, पुनम सापकोटालगायत विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
विद्यालय व्यवस्थापन समितिले यस्ता सहयोगले शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
View : 426
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved