Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

अनौठो कुरा काङ्ग्रेसले कम्युनिष्टलाई र कम्युनिष्टले काङ्ग्रेसलाई भेट मागेको घटना यस चुनावमा देखा परेको छ ।

काङ्ग्रेसको कित्तामा अन्तर्घात

१८ फागुन २०८२, सोमवार

नेका नेता शेखर कोइरालालाई अन्तर्घातको आरोप लागेको छ । सामाजिक सञ्जालमा उनले गगन थापालाई हराउन टोली पठाएको प्रचार गरिएको पाइन्छ । 

मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका डा शेखर नेका सभापति गगनकुमार थापाको सही भएको उम्मेदवारी पत्र लिएर चुनावी मैदानमा खडा छन् .

 उनैले आफ्नो सभापतिविरुद्ध घात गर्न मानिस खटाएको कुरा पत्याउन गाहारो छ ।

यदि डा शेखर पार्टी सभापति गगन थापाविरुद्ध अन्तर्घात गर्दछन् भने खुद आफूलाई पराजयको खाडलमा पार्दछन् ।

कुरो स्पष्ट छ – डा शेखरले अन्तर्घाती प्रचारको खण्डन गरेका छन् , त्यसमा आफ्नो संलग्नता नभएको कुरा उनी खुद बताइरहेका छन्भने यो कुरा पत्याउनु नपर्ने होइन ।

 

कांङ्ग्रेस संगठनले अरू उम्मेदवारजस्तै यिनलाई जिताउन अवश्य पनि मेहनत गर्नेछ ।

अनौठो कुरा काङ्ग्रेसले कम्युनिष्टलाई र कम्युनिष्टले काङ्ग्रेसलाई भोट मागेको घटना यस चुनावमा देखा परेको छ ।

 

उनीहरू भन्छन् तपाईँ  कम्युनिष्ट भए कम्युनिष्टलाई भोट दिनु , नभए काङ्ग्रेसलाई दिनु तपाइँ काङ्ग्रेस भए काङ्ग्रेसलाई  भोट दिनु नभए कम्युनिष्टलाई दिनु  घन्टी पार्टीलाई कुनै हालतमा नदिनु ।

किनभने देश जलाउने सिंहदरबार जलिरहदा १८ वटा दमकल लुकाउने लुसिफरलाई किन जिताउनु ?

 

बीबीसीको भिडियोमा कर्फ्यु लागेपछि पनि विद्यालयको ड्रेसमा रहेका कलिला विद्यार्थीलाई डिस्कोर्डमार्फत भिडन्त हुने ठाउँतिर पठाएको देखिन्छ ।

नेतृत्वले ती विद्यार्थी जोगाउन जिम्मा नलिनु तर तिनै गलत तत्वलाई ती कलिला जेनजी विद्यार्थीले समर्थन गरिरहनु कसरी जायज हुन्छ ?

 

 

बीबीसीको रिपोर्टको अर्को पक्ष छ - विश्लेषक पुष्प आर. भन्छन् कि नेपालमा विध्वँश मच्चाउन प्रयोगमा ल्याइएको रास्वपा कमजोर देखिदै गएपछि डिजायनकर्ताहरु आफैं बीबीसीको भिडियोमार्फत देखापरेका छन्  ।

 

नेपालका सुरक्षाकर्मीहरुलाई दोषी देखाउँदै उनीहरु सक्दैनन् ,हामी सक्छौं भनी हस्तक्षेपको नयाँ पाटो  प्रदर्शन गरेका छन् ।

 

 

 नेपालको आई टी निर्यात

 

नेपालको भूपरिवेष्ठित अवस्थाले वस्तुको निर्यात व्यापारलाई केही महँगो अतः कम प्रतिस्पर्द्धी बनाएको छ । यसको साटो अहिले एकरत्ति भार नहुने आइटी सेक्टरको निर्यात व्यापारको नयाँ ढोका खुलेको छ ।

भारतले उदारीकरणको पहिलो चरणमा १९९०-९५ तिर विश्वव्यापी रुझान बुझेर यसनिम्ति काम गर्न थाल्यो । अहिले भारतको आइ टी आय २२४ अर्ब डलर हाराहारीमा रहेको छ ।

 

बेंगलोर, बम्बइ, हैदराबाद, दिल्ली, चेन्नइ जस्ता सहर यसका प्रथम दर्जामा छन्भने सरकारले ६८ वटा नयाँ दोस्रा सहरमा आइ टी पार्कको निर्माण गरेर युवा प्राविधिक जनशक्तिलाई आकर्षक रोजगारीउपलब्ध गराउनुका साथै व्यापारिक लाभ लिएको छ भने आफूलाई यस क्षेत्रको विश्वव्यापी शक्तिकेन्द्र बनाउन सफल भएको छ ।

 

हालसम्म नेपालले केही अर्ब डलरको निर्यात गर्न सक्थ्यो , तर नेपालको गैरजिम्मेवार कर्मचारीतन्त्र तथा वैज्ञानिक समाजवादी दाबी गर्ने तर मूर्ख नेतृत्वले यसतर्फ होस पुर्याउन सकेन । 

पछिल्लो समयमा नेपालको आइ टी शिशुले संसारमा आँखा उघार्न थालेको छ । पंक्तिकारका मित्र काठमाडौका इजीनीयरिङ कलेजका प्राध्यापक तथा आइटी व्यवसायीले बताए अनुसार सन् २०२५ मा नेपालको समग्र आइटी निर्यात ३ खर्ब रुपैया नाघेको छ ।

 

औपचारिक तथ्याङ्कमा यसको आकार निकै कम छ । फागुन १३गते (२५ फरबरी)को काठमाडौ पोष्टमा छापिएको रिपोर्ट अनसार नेपालको आइटी निर्यात ९०करोड डलरदेखि १ अर्ब डलरको हाराहारीमा छ ।

रोजगारी संख्या ५ लाख नघाउने निर्यात व्यापार २०-२२ अर्ब डलर (३०खर्ब नेरु ) पार्न नसकिने होइन ।

यसकालागि नेपालको संस्थागत तयारी, शैक्षिक सुधार, डिजिटल पूर्वाधार तथा नीतिगत स्थिरता आवश्यक रहेको कुरा एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेसका गौरव पाण्डेले व्यक्त गर्नु भएको  छ ।

 

नेपालको निर्यात आयमा मुख्य भूमिका सफ्टवेयर निर्माण, आईटी आउटसोर्सिङ, कृत्रिम बुद्धिमत्ता, अमेरिकाको फर्मको हेल्थकेयर डाटा एनालिटिक्स, अष्ट्रेलियाको फर्मको होमलोन डाटा प्रोसेसिङ आदि रहेका छन् ।

धन्यवाद छ विदेशमा गएर पेसागत दक्षता पाएका नेपालीहरुलाई जसले नेपाल आएर कम्पनी खोले अनि नेपाली भाइ बहिनीलाई ह्वाइटकालर जब उपलब्ध गराएका छन् ।  

 
 
 

 

View : 102

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved