Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरनिकोका विद्यार्थीलाई ‘उत्कृष्ट विद्यार्थी सम्मान’

उद्घोष सम्वाददाता
५ पुष २०८१, शुक्रवार

विराटनगर । विराटनगरको अरनिको कलेजका दुई विद्यार्थीले उत्कृष्ट विद्यार्थी सम्मान २०८१ प्राप्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले अरनिको कलेजबाट विज्ञान संकायतर्फ कक्षा १२ को अध्ययन पूरा गरेका राकेशकुमार साह र तेजश्वी आचार्यलाई बिहीबार उत्कृष्ट विद्यार्थी सम्मान प्रदान गरेको हो ।

साह र आचार्यले कोशी प्रदेशबाट कक्षा १२ को विज्ञान संकायतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । उनीहरूलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौं आयोजित समारोहमा नगदसहित सम्मानित गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रतिष्ठानका उपकुलपति दिलीप सुब्बा लगायतले उत्कृष्ट विद्यार्थीहरू साह र आचार्यलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की लगायतको समेत सहभागिता  थियो । प्राचार्य कार्कीले विद्यार्थीहरू साह र आचार्यले देशभरिका कलेजको तुलनामा ३.९६ जीपीए ल्याएर उत्कृष्ट बनेको जानकारी दिए । अरनिको कलेज विज्ञान संकायतर्फ देशकै उत्कृष्ट रहेको उनले दाबी गरे ।

उत्कृष्टताकै निरन्तरता स्वरुप कलेजका विद्यार्थीहरूले मेडिकल, इञ्जिनियरिङ र अन्य प्राविधिक क्षेत्रमा धेरै विद्यार्थीहरूले अब्बल नतिजा निकाल्ने गरेको जनाइएको छ ।

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved