Biratnagar, Morang, Nepal
२६ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

कविता प्रतियोगितामा अर्पिता प्रथम

उद्‌घोष संवाददाता
२६ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल युग र सामाजिक सञ्जाल’ विषयक कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन् ।

४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्ट प्रस्तुतिसहित पहिलो स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा रिजु अधिकारी र विभूति विष्ट द्वितीय तथा प्रिया दर्नाल र सन्ध्या धमला तृतीय भए । 

त्यसैगरी केशव झा, खान्सा तनविर र सहिष्णुता बरालले सान्त्वना स्थान हासिल गरे । कूल ९२ जना सहभागीमध्येबाट दोस्रो चरणका लागि ४८ जना कवि छनोट भएका थिए ।

विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास गर्दै समसामयिक प्रविधिका विषयमा स्वतन्त्र विचार अभिव्यक्त गर्ने वातावरण मिलाउन कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । 

सहभागी विद्यार्थीहरूले कवितामार्फत कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग, डिजिटल युगको अवसर तथा मानवीय सम्बन्ध र समाजमा परेको प्रभावबारे कलात्मक रूपमा धारणा राखेका थिए ।

कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले कलेजले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापलाई सधैँ उच्च प्राथमिकता दिंदै आएको बताए । 

प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा साहित्यलाई आधुनिक युगसँग जोडेर बहस चलाउनु सिर्जनात्मक शिक्षाको अभ्यास भएको उनको भनाइ थियो ।

View : 36

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved