Biratnagar, Morang, Nepal
१२ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सद्गुरुको आग्रह :

हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्, प्रभावित ठाउँमा जान अनुमति दिनुहोस्

उद्‌घोष संवाददाता
११ भदौ २०८३, बिहिवार

Advertisement

काठमाडौं । केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उनले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् । 

भिडियो सन्देश र एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ८० जना सम्पर्कमा नआउँदा अत्यन्त पीडामा रहेको जानकारी दिंदै आफ्ना समूहमा रहेका ८० जनाको जानकारी नभएको उल्लेख गरे । समूहमा विभिन्न देशका ३४ पुरुष र ४६ महिला रहेको पनि उल्लेख गरे । 

‘केही स्वयंसेवकसहित हामी तथा पीडितका परिवारजन विनम्रतापूर्वक प्रभावित ठाउँमा जान अनुमति प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ,’ उनले भनेका छन् । 

आफूहरु उद्धार र सहयोगका लागि प्रभावित स्थलमा जान चाहेको उल्लेख गरेका छन् । ‘हामी उद्धार कार्यको प्रकृति र संवेदनशीलतालाई गहिरो रूपमा सम्मान तथा बुझ्दछौँ। हाम्रो उपस्थितिले उद्धार कार्यमा कुनै पनि प्रकारको अवरोध पु¥याउने छैन,’ उनले भनेका छन् । 

उनले हाल साँगामा रहेको र प्रभावित क्षेत्रमा जानका लागि अनुमतिको प्रतिक्षामा रहेको बताए । सद्गुरुका अनुसार समूहका सदस्यहरू तिब्बतको सागामा भेटिएका थिए ।

गुरुका अनुसार सीमाक्षेत्रमा सबैजसो दूरसञ्चार सेवा अवरुद्ध भएको, सडकहरू अवरुद्ध भएको र घटनास्थलसम्म पुग्ने अवस्था नरहेको पनि उल्लेख गरेका छन् ।

View : 60

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved