Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
विचार

आधुनिक सङ्गठन निर्माणमा नेपाली कांग्रेस

पार्टी सङ्गठनलाई जनताको माझमा बलियो, विश्वासिलो र भरपर्दो बनाउने आधार नै प्रशिक्षक प्रशिक्षण तालिम हो । यसले पार्टी संगठनको समग्र पक्षहरुको पुनर्ताजगी दिन सक्नेछ । प्रविधिले नीति तथा कार्यक्रमहरु अझ जनताको पक्षमा उजागर गर्नेछ ।
रामसुन्दर राजवंशी
२८ फागुन २०८१, बुधवार

नेपाली कांग्रेस पार्टीको लोकप्रिय इतिहास छ । नेपाली काङ्ग्रेस राजनीतिक  इतिहास  बोकेको  पार्टी हो भनेर सर्वविदितै छ । सबैको लागि प्रेरणा पनि हो । इतिहास कहिले पनि फर्केर आउँदैन । उदाहरणीय बन्न सक्छ । काङ्ग्रेस पार्टी जनताको माझमा लोकप्रिय छ । राजनीतिक दलहरुमध्ये पहिलो पार्टी हो । काङ्ग्रेस सत्ता नेतृत्वको हकमा सदैव गम्भीर छ । देशका हरेक कालखण्डको उत्तारचढावलाई काँध हाल्ने काम गरेको छ । 

काङ्ग्रेस परिवर्तनको पक्षधर पनि हो । सुधारिएको व्यवस्थालाई आत्मा कल्याणका साथ आत्मासाथ गर्ने पार्टी हो । नेपाली काङ्ग्रेसको आदर्श विचार र दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ । जुन कुरा आज खोज भैरहेको अवस्था छ । काङ्ग्रेसको राजनीतिक आयामहरूले सरल बाटो कोरी दिएको छ । जसले गर्दा संगठनप्रति आकर्षण बढ्दो छ । काङ्ग्रेसको राजनीतिक इतिहासलाई अझ लोकप्रिय बनाउन नेपाली काङ्ग्रेस कोशी प्रदेशस्तरीय प्रशिक्षक र प्रशिक्षण तालिमलाई निरन्तरता दिनुपर्ने खाँचो छ । काङ्ग्रेसको लोकप्रिय इतिहासलाई पुनर्ताजगी दिनु हामी सबैको दायित्व हो । जसले गर्दा पार्टीको राजनीतिक इतिहासले देशमा सुशासन कायम गर्न मद्दत पुर्‍याउँछ ।

संगठनभित्रको आयाम

नेतृत्वको गलत प्रवृत्तिले पार्टी संगठनमा निराशपन छाउँदै गएको छ । नेतृत्वको अमर्यादित टोलीले संगठनमा उत्साह र हौसला घट्दै गएको छ । पार्टीभित्रको चरम गुटबन्दीले संगठनको अवस्था विग्रिदै गएको छ । संगठन अस्तव्यस्त अवस्थामा छ ।

संगठनभित्र बढ्दो अराजकताले नेतृत्व विचलन भएको छ । एकअर्काको नेतृत्व स्वीकार नभएको अवस्था छ । चरम व्यक्तिवादी नेतृत्व हावी हुँदै गएको छ । कुशल नेतृत्वको कला र कौशलता छायाँमा पर्दै गएको छ । यसले नेतृत्वलाई कमजोर बनाउँछ ।

संगठन निर्माण गर्न प्रभावकारी नेतृत्वको खाँचो छ । विवेक बिनाको नेतृत्वले आयामलाई गतिशील दिन सक्दैन । आयाम परिवर्तनशील हुनुपर्छ । जसले गर्दा संगठनमा नयाँ रुपरेखाको अवसर प्राप्त हुन्छ । आयामसँग नेतृत्वको कौशलताले परिर्वतन खोजिरहेको हुन्छ । 

संगठनभित्र चरम गुटबन्दी, चाप्लुसी, चाकडी लगायतले सङ्गठन नेतृत्वको झोला बनेको छ । त्यो झोला जता लग्यो, उतै संगठन हुने । जब कि लोकतान्त्रिक पार्टीको संगठन सबैको लागि सेवा प्रदायक हुनुपर्छ । तसर्थ संगठनभित्र लोकतान्त्रिक पद्धतिको विकास गर्न प्रशिक्षक प्रशिक्षण तालिमले तल्लो तहसम्म सशक्त संगठन निर्माण गर्न सहयोग पुर्‍याउँछ ।

प्रविधिमैत्री सङ्गठन

प्रविधि सँगसँगै नेपाली काङ्ग्रेस संगठन गतिशील छ । नेपाली काङ्ग्रेस, संगठन निर्माण गर्न प्रविधिहरुको प्रयोग गर्दै आएको छ । नेपाली काङ्ग्रेसको सबै तहको नेतृत्व, पार्टी सदस्यहरु, शुभचिन्तक लगायतले सामाजिक सञ्जालहरुको प्रयोग सन्तोषजनक छैन । सामाजिक सञ्जालको प्रभावकारी तरिकाबाट सदुपयोग गरिएको छैन ।

पार्टी संगठन प्रविधिको तरखरमा छ । तर पार्टीमा आवद्ध प्रयोगकर्ताहरुको खासै चासो देखाएको छैन । पार्टी नेतृत्व कार्यसम्पादनमा धेरै समय दिइएको पाइन्छ । सबै तहमा पार्टी नेतृत्वले गरेको कार्यसम्पादन सामाजिक सञ्जालमा सम्पादन हुन सकेको छैन । जसले गर्दा पार्टीले गरेका महत्वपूर्ण कार्य र निर्णयहरु लोकप्रिय हुन सकेन ।

पार्टी नेतृत्वको कार्यसम्पादन लोकप्रिय छ । जनताको चाहना र भावनासँग जोड्ने सेवा प्रवाह छ । तर,संगठनमा प्रभावकारी प्रविधिमैत्री  प्रयोग नभएकै कारण सेवा प्रवाहका अनुभूति हुन सकेको छैन । नेतृत्वको कार्यसम्पादन छायाँमा पर्दै गएको छ । जसले गर्दा पार्टीको नीति निर्णयमा व्यापकता आउन सकेन ।

नेपाली काङ्ग्रेसको संगठन पूर्ण रुपले प्रविधिमैत्री हुन सकेको छैन । पार्टी प्रविधिमैत्री बाटोमा छ । अहिलेको आवश्यकता नै प्रविधिमैत्री संगठन हो । प्रविधिले पार्टी संगठनलाई सशक्त बनाउने भूमिका हुन्छ । यसले संगठनप्रतिको जवाफदेहिता र पारदर्शीताको स्तरलाई बलियो बनाउन मद्दत गर्दछ । नागरिकलाई सुशासनको प्रत्याभूति गराउनेछ । त्यसैले कोशी प्रदेशस्तरीय परीक्षण तालिमले संगठनलाई प्रविधिमैत्री ल्याउन प्रेरणा दिएको छ ।

उद्यमी नेतृत्वको विकास

नेतृत्वको दृष्टिकोण विचार र गतिशील बनाउन विभिन्न बैठक, मेला, बहस, संवाद, गोष्ठी, सेमिनार र प्रशिक्षण लगायतका क्रियाकलाप भैरहेको हुन्छ । यिनै वैचारिक क्रियाकलाप गतिशिल बनाउन अर्थको आवश्यकता पर्ने हुन्छ । नेतृत्वले भने यस्तै प्रकारका गतिविधिहरु सञ्चालन गर्न सङ्गठनमा प्रर्याप्त रुपमा अर्थको आवश्यकता पर्ने हुन्छ ।  

अर्थ बिना, नेतृत्व गतिशील हुन सक्दैन । नेतृत्वको कार्य सम्पादन सन्तोषजक हुँदैन । तसर्थ सबै तहको नेतृत्व उद्यमी हुन जरुरी छ ।

उद्यमशील नेतृत्व आत्मनिर्भर पनि हो । यसले राजनीतिलाई सेवाको अनुभूति गराउने गर्दछ । राजनीतिमा लाभको भावना अरु नेतृत्वमा भन्दा कमै हुन्छ । आत्मनिर्भर नेतृत्वले वैचारिक रुपमा कसैसँग आफ्नो स्वार्थ पूरा गर्ने सम्झौता परिकल्पना गर्न सक्दैन । नीति, निष्ठा र आस्थाप्रति उद्यमशील नेतृत्व संवेदनशील हुन्छ ।


अब पार्टी संगठनको नेतृवलाई सशक्त र आत्मनिर्भर  बनाउका लागि उद्यमशीलताको विकास गर्न आवश्यक छ । बिना उद्यमको नेतृत्व फितलो हुने सम्भावना बढी हुन्छ । नेतृत्व वैचारिक रुपमा बलियो भए पनि उद्यमको अभावले प्रभावकारी हुन सक्दैन । उद्यमशीलताको विकास नै मानवीय सर्व पक्षहरुको स्तरोन्नति र प्रगति हो । अरुले मानवको स्तरलाई उकास्ने कार्य गर्दछ । तसर्थ कोशी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तालिमले संगठनमा सबै तहको नेतृत्व गर्न उद्यमशीलताको विकास गर्नुपर्ने खाँचो देखिएको छ ।


कोशी प्रदेशस्तरीय प्रशिक्षण 
नेपाली काग्रेंस केन्द्रीय उपसभापति, पूर्व उपप्रधानमन्त्री तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षक प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खडकाले कोशी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको अभियान स्वागतयोग्य छ । यसले कोशी प्रदेशको पार्टी संगठनलाई परम्परागत प्रणालीलाई आधुनीकरण गर्न खोजेको हो । पार्टी संगठनमा देखिएको पुरानो शैलीलाई नवीन उर्जा दिन प्रशिक्षक प्रशिक्षण तालिम आवश्यक छ । 
पार्टी संगठनमा नयाँ आयामको प्रत्याभूति गराउने र सवल पक्षहरुको विकास गर्न मद्दत पुर्‍याउँछ । पार्टी संगठनमा देखिएको राजनीतिक तरलताले वैचारिक समूहहरुको मनोबल खस्कदै गएको छ । संगठनभिक्र व्यत्तिको चरित्र हावी हुँदै गएको छ । मनोदशा प्रवृत्ति पार्टी सङ्गठनभित्र देखिन थालिएको छ । जसले गर्दा पार्टी संगठनको लोकप्रियता घट्दै गएको हो ।

नेपाली काङ्ग्रेस देशको हरेक कालखण्डमा राजनीतिक इतिहास बोकेको पार्टी हो । अहिले यो इतिहास गौरवशाली भए पनि मौलिकता सहितको नवीन काङ्ग्रेस आम जनताले खोज्दैछ । त्यो नवीन नै प्रविधिमैत्री काङ्ग्रेस हो । यसले सबैको मौलिक विशेषतालाई समेट्न खोजिएको छ ।

नेपाली काङ्ग्रेस संगठनमुखी  र कार्यकतामुखी रहेन । काङ्ग्रेस जनतामुखी बाटोमा तत्पर छ । नेतृत्व चरम गुटबन्दीमा रमाएका छन् । यस्तो पर्यावरण काङ्ग्रेसमा देखिएको छ । पार्टी संगठनमा सक्रियता र गतिशिलता बढ्दै गएको छ । जसले गर्दा नेपाली कांग्रेस फरक रुप लिएको छ । पार्टी सिद्धान्त, आदर्श, मूल्य–मान्यता खस्कदै गएको छ । पार्टीभित्र स्वस्थ र स्वच्छ परिस्थति छैन । सबै तहको नेतृत्वमा तरलपन छ । वैचारिक अडान छैन । पार्टी संगठनमा सन्तुलन कायम राख्न सकेको छैन ।

पार्टी सङ्गठनलाई जनताको माझमा बलियो, विश्वासिलो र भरपर्दो बनाउने आधार नै प्रशिक्षक प्रशिक्षण तालिम हो । यसले पार्टी संगठनको समग्र पक्षहरुको पुनर्ताजगी दिन सक्नेछ । प्रविधिले नीति तथा कार्यक्रमहरु अझ जनताको पक्षमा उजागर गर्नेछ । जसले गर्दा जनताका हरेक  सवालहरुमा सहजीकरण गर्न प्रयत्नशील छ । 
अन्त्यमा, कोशी प्रदेशस्तरीय दूईदिने प्रशिक्षक प्रशिक्षण तालिमले पार्टीको मूल्य–मान्यताप्रति समर्पित भावनाको विकासमा टेवा पुर्‍याएको छ । संगठनमा प्रभावकारी र दक्षताको स्तरलाई वृद्धि गराएको छ । यो तालिमले तल्लो तहसम्म कुशल र सक्षम नेतृत्वको विकाश गर्न तत्परता बढाएको छ । पार्टी संगठनको निराशपनलाई हटाउन विवेकशिलताको विकास गर्न उत्प्रेरित गरेको छ । यसको सबै संगठन र नेतृत्वलाई स्वच्छ र स्वास्थ्य कायम गर्न यो प्रशिक्षक प्रशिक्षण तालिमले उल्लेखनीय भूमिका छ । 

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved