Biratnagar, Morang, Nepal
१२ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मृतकको कानबाट मुन्द्रा चोरी गर्ने दुईजना पक्राउ

उद्‌घोष संवाददाता
११ भदौ २०८३, बिहिवार

Advertisement

काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा मृतकको शवको व्यवस्थापन तथा खोजी कार्य भइरहेका बेला शवबाट सुनका मुन्द्रा चोरी गरेको सूचना पाएपछि प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

घटनासँग सम्बन्धित भिडियो यसअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा मृतकको शवबाट कानको मुन्द्रा निकालिएको देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

भाइरल भिडियोबारे अनुसन्धान गर्दै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

View : 28

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved