Biratnagar, Morang, Nepal
१ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर - १२ मा २२ याेग शिक्षक प्रशिक्षक दीक्षित

उद्‌घोष संवाददाता
३१ साउन २०८३, आइतवार

Advertisement

विराटनगर   ।   विराटनगरलाई योग नगरी बनाउने दीर्घकालीन लक्ष्यका साथ पतञ्जलि योग समिति मोरङको आयोजनामा सञ्चालित १५ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम एक भव्य समारोहका बीच आइतबार सम्पन्न भएको छ।

 

विराटनगर–१२, धरणीधरचोकस्थित विराट सामुदायिक भवनको कक्षमा आयोजित उक्त प्रशिक्षणको समापन कार्यक्रम विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सामुदायिक भवनका अध्यक्ष राधेश्याम कट्टेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस १५ दिने प्रशिक्षणको समापनसँगै दुई दर्जनभन्दा बढी सहभागीहरू नव सहयोगी शिक्षकका रूपमा आधिकारिक रूपमा दीक्षित भएका छन्।

 

विराट सामुदायिक भवन योग साधना केन्द्रका संयोजक डा. तुलसीप्रसाद निरौला र सहसंयोजक मञ्जु दाहालको सफल संयोजकत्वमा प्रशिक्षण सम्पन्न भएको थियो। समापन समारोहमा बोल्दै वक्ताहरूले योगको विकासले समग्र नगरवासीको चौतर्फी विकासमा सहयोग पुग्ने बताएका थिए।

 

कार्यक्रममा आयोजक पतञ्जली योग विराटनगर महानगर समितिका अध्यक्ष माधव अधिकारी, महिला पतञ्जली योग महानगर समितिका अध्यक्ष कुमारी तामाङ, महासचिव दीपा बस्नेत, सल्लाहकार ध्रुव तामाङ, पतञ्जली योग मोरङका उपाध्यक्ष ऋषि खतिवडा, महिला महासचिव सुभाष विष्ट खतिवडा लगायतले प्रशिक्षार्थीहरूलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

दीक्षित हुने नव सहयोगी शिक्षकहरूमा तुलसादेवी ढकाल, अभयकुमार राय, मीनाकुमारी दुलाल, पार्वती बस्नेत, मैयाँमाया ढकाल, इन्द्रनारायण यादव, सञ्जयकुमार राय, ओमप्रकाश ढकाल, मुन्टीदेवी मण्डल, रुकमणि सापकोटा, चुनुमाया भट्टराई, केशव न्यौपाने, अञ्जु अधिकारी, कल्पना कोइराला, सङ्गीताकुमारी राय, विन्देश्वरप्रसाद महतो, शान्ता ठकुरी, भुषण अधिकारी, विजयकुमार मेहता, प्रविन्दा दाहाल, लक्ष्मीदेवी ढकाल र ममताकुमारी राय  छन्।

View : 104

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved