Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भृकुटी भजनकीर्तन समूहद्वारा बाढीपीडितलाई ४० हजार सहयोग

उद्‌घोष संवाददाता
१८ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर ।  भृकुटी भजनकीर्तन समूह विराटनगर–५ ले भोटेकोशी बाढीपीडित नागरिकहरूको सहयोगार्थ ४० हजार ५०५ रुपैयाँ राहत उपलब्ध गराएको छ ।

समूहले राष्ट्रिय वाणिज्य बैंकमार्फत सो रकम प्रधानमन्त्री दैवीप्रकोप राहतकोषको खातामा जम्मा गरेको हो ।

 

समूहकी अध्यक्ष राधा पौडेल, सचिव कल्पना बराल तथा कोषाध्यक्ष रेनु पाठकको विशेष सक्रियतामा सो रकम संकलन गरी राहतकोषमा पठाइएको जनाइएको छ ।


सो भजनकीर्तन समूहले विराटनगरको भृकुटी चोक क्षेत्रमा नियमित रूपमा भजनकीर्तन कार्यक्रम सञ्चालन गर्दै सामाजिक तथा धार्मिक कार्यहरूमा योगदान पु¥याउँदै आएको ज्येष्ठ नागरिक बौद्धिक मञ्चका उपाध्यक्ष सुरबहादुर श्रेष्ठले जानकारी दिए । 

View : 85

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved