Biratnagar, Morang, Nepal
३ फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

यौन तथा महिनावारी सचेतना

उद्‌घोष सम्वाददाता
२ फागुन २०८१, शुक्रवार

विराटनगर । विराटनगर—१४ जतुवास्थित गुरूकुल माविका  छात्राहरूलाई यौन शिक्षा तथा महिनावारी सम्बन्धी एकदिने सचेतना कार्यक्रम गरिएको छ । 

बिहीबार विद्यालयमा क्यानडा नेपाल संस्कृति तथा व्यापार केन्द्रको आयोजना र विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको सहयोगमा भएको कार्यक्रममा छात्राहरूलाई उमेरसँगै शरीरमा आउने परिवर्तनहरूलाई कसरी सहज बनाउने र महिनावारी हुँदा के कस्ता उपाय अपनाउने भन्ने विषयमा जानकारी दिइएको थियो ।

छात्राहरूलाई १० वर्षदेखि नै किशोर अबस्था सुरू हुने हुँदा शारीरिक तथा मानसिक परिवर्तन आउने हुँदा यसलाई स्वाभाविक ठानेर अगाडि बढ्नु पर्ने बताइएको थियो ।  

यस्तै परिवार तथा समाजमा राम्रो सम्बन्ध बनाइ राख्ने र आफ्ना भावनाहरू साथी तथा परिवारका सदस्यहरूलाई शेयर गर्नुपर्ने जस्ता कुरा कार्यक्रममा सिकाइएको थियो । कार्यक्रमको सहजीकरण अनुकुमारी माझीले गरेकी थिइन् ।

View : 72

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved