Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

एक सय चारको निःशुल्क दाहसंस्कार

रासस
१६ कार्तिक २०८०, बिहिवार

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ ।

उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारको निधनमा निःशुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि आवश्यक दाउरा तथा अन्य सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आइएको उनले बताए ।

यसअघि घरदेखि घाटसम्म शवबाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभाव भएकालाई इटहरीस्थित बूढीगङ्गा–जमुना मुक्तिघाटमा निःशुल्क दाहसंस्कार गर्न थालेको पौडेलले बताए । आˆनै खर्चले दाहसंस्कार गर्न नसक्नेका लागि यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

‘मृत्युपछि गरिने अन्त्येष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नुअघि नै दाउरा लगायतका आवश्यक सामग्री घाटमा निःशुल्क दिने व्यवस्था गरेका छौं’, पौडेलले भने, ‘साथै नगरवासीको मृत्यु भएमा घाटसम्म शव लैजान उपमहानगरले निःशुल्क रूपमा शवबाहन उपलब्ध गराउँदै आएको छ ।’

इटहरीका २० वटै वडामा कोहीकसैको मृत्यु हुँदा अन्तिम संस्कारका लागि शवबाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्दै आएको उपमहानगरले जनाएको छ । 
 

View : 135

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved