विराटनगर । विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयका २९ जना विद्यार्थीलाई बुधबार स्वर्गीय सुमनदेवी गोयल छात्रवृत्ति वितरण गरिएको छ ।
स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको छात्रवृत्ति कोषबाट प्राप्त ब्याज रकमबाट विद्यालयले हरेक वर्ष कक्षा ११ र १२ का जेहेन्दार, गरिब, नियमित विद्यालय आउने र अनुशासित विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस वर्ष रजनिस राज झा, सरस्वती शर्मा, रोनक शर्मा र भारवी निरौलालाई छात्रवृत्ति वितरण गरिएको हो ।
त्यस्तै, कक्षा ९ र १० को अंग्रेजी तथा नेपाली माध्यममा अध्ययनरत सन्ध्या झा, सुहाना चौधरी, आकाश मण्डल, नितेश महतो, नितेश साह, लक्ष्मण यादव, पुष्पिका दास, अनुराग पासवान, सिर्जना मण्डल, अभिनन्दन यादव र चाँदनी कुमारी यादवले छात्रवृत्ति प्राप्त गरेका छन् ।
उनीहरूलाई जनही चार हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराईले बताए ।
शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने कक्षा ४ देखि १२ सम्मका नौ जना विद्यार्थीलाई जनही नौ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ ।
यो छात्रवृत्ति श्रेया यादव, समृद्धि भट्ट, विभा मण्डल, डोली अग्रवाल, सिम्रन रजक, प्रितीकुमारी यादव, कुसुमकुमारी साह, ग्रिष्मा अधिकारी र आयुश्री कोइरालाले प्राप्त गरेका हुन् ।
विद्यालयले २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा मेहर साकिव, सन्ध्या साह, महिमा चौधरी, आर्या खड्गा र उमाकुमारी न्यौपानेलाई पनि छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयको सभाहलमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष साह, विद्यालयका पूर्वप्रधानाध्यापक एवं विव्यसका पूर्वअध्यक्ष धर्मानन्द खरेल, प्रधानाध्यापक मनोजकुमार भट्टराई, छात्रवृत्ति कोषका प्रतिनिधि अशोक झा, शिक्षक–अभिभावक संघका अध्यक्ष चन्देश्वरप्रसाद यादवलगायतले विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष साहले सुमनदेवी गोयल बितेर जानुभए पनि उहाँका परिवारको सक्रियतामा स्थापित छात्रवृत्ति कोषका कारण विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीलाई शिक्षाको उज्यालो भविष्य निर्माण गर्न मद्दत पुगेको बताए। उनले विद्यालयले यस छात्रवृत्ति कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता प्रदान गर्ने बताए ।
सुमनदेवी गोयल छात्रवृत्ति कोष विराटनगरका समाजसेवी दिनबन्धु गोयलको अगुवाइमा स्थापित कोष हो। कोषले २०५८ सालदेखि सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
View : 259
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved