विराटनगर । विराटनगरका कतिपय चमेनागृह (क्यान्टिन) अस्वच्छता र सीमित खानेकुराले ग्रसित भैरहेको बेलामा कोशी अस्पतालले भने ती समस्याहरु भुलाउने चमेनागृह पाएको छ ।
अस्पताल, विद्यालय, कलेजलगायतका सार्वजनिक स्थलको तुलनामा कोशी अस्पतालमा स्थापना भएको नयाँ चमेनागृहले ‘नयाँ’ रुप स्थापित गरेको हो ।
आफू बिरामी परेर कुनै अस्पतालमा बस्नु परे वा आफन्तलाई लिएर कुरुवा हुनु पर्ने अवस्थामा अस्पतालको खाना भन्नेबित्तिकै मनै खिन्न हुने समस्या आम मानिसमा छ । तर, सो चमेनागृहको खाना र सरसफाइमा विशेष ध्यान दिइएको हुनाले समस्यालाई जरैदेखि समाधान गर्ने उद्देश्य राखेको सञ्चालक विकास साह बताउँछन् । क्याफेको महसुस गराउनेसो चमेनागृहको खानाको मूल्य धेरै सामान्य रहेको सञ्चालक साहको ठहर छ ।
पोखराको सैनिक अस्पताल, काठमाडौंका विभिन्न ठाउँ र बुटवलमा समेत अनुभव बोकेर कोशी अस्पतालमा चमेनागृह सञ्चालन गरेका साह सरसफाइ भनेको सैनिक अस्पतालमा रहेका बेलामा राम्रोसँग सिकेको बताउँछन् ।
उनी भन्छन्, ‘आर्मी जस्तो अरु कोही सुग्घर हुन्छन् ? त्यसैले पनि मलाई यहाँ सरसफाइमा विशेष प्राथमिकता दिन मन लागेको हो । मेरो बानी नै भैसकेको छ ।’
कफीका दानाबाट सिधै कफी प्रशोधन र पिउने अवस्थासम्म चमेनागृहमै बनाउने गरेको छ । त्यस्तै ग्यास चुल्होदेखि चिम्नीसम्म व्यवस्थित रुपमा राखिएको छ ।
चमेनागृहमा पाइने खानेकुराको मूल्यमा पनि निकै फरक पाइएको छ ।
अन्य होटलमा १२० देखि २०० रुपैयाँसम्म पर्ने सादा खाना उनले अस्पतालमा आउनेहरुका हितका लागि सस्तोमा बेच्ने बताएका छन् । उनले सर्वसाधरणका लागि साधा खाना ११० रुपैयाँ र कर्मचारीका लागि १०० रुपैयाँ लिने गरेका बताएका छन् ।
त्यतिमात्रै नभएर ३०० रुपैयाँसम्म पर्ने अमेरिकानो सिंगल र डबल सटको मूल्य पनि उनले १६० रुपैयाँमा सीमित राखेका छन् । कोशी अस्पतालको सो चमेनागृहमा ३० जना भन्दाबढीले रोजगारी पाएका सञ्चालक साहले बताएका छन् ।
‘कुक’ देखि लिएर ‘वेटर’सम्म होटल व्यवस्थापन विधा पढेकाले काम गरिरहेको उनले बताएका हुन् ।
सामान्यतया विराटनगर र अन्य क्षेत्रकासार्वजनिक स्थलका चमेनागृहमा भने सीमित खानेकुरा खाइरहनु पर्ने बाध्यतालाई उनले टार्ने कोशिस गरेको बतँएका छन् ।
उनले भने, ‘अन्य अस्पतालका क्यान्टिङ हेर्नुभयो भने तपाईंले त्यहाँको खानेकुरा खानेहरु स्टाफ हुन् या विद्यार्थी जो कोही पनि एउटै खाना खाइरहनु पर्दा वाक्क भएका छन् ।’ उनले भने ‘क्यान्टिङको परिचय हामीले फरक रुपमा दिएका छौं ।’
ताजा दूधदेखि लिएर फलफूलको ताजा जुससमेत बेच्ने गरेको उनी बताउँछन् ।
स्याउ, खरबुजा, तरबुजा, मिक्स पू्रmट, भुइँकटर लगायतका फलफूलको जुस सो चमेनागृहमा नै तयार गरी बिक्री वितरण हुँदै आइरहेको उनले जनाएका हुन् ।
स्थानीय कृषकहरुसँग प्रत्यक्ष रुपमा दूध र तरकारी एवं फलफूल लिएर क्यान्टिङमा प्रयोग गर्ने सोच भएको उनले बताएका छन् । यसो गर्दा स्थानीय उत्पादनले ठाउँ पाउने उनको आशा छ । त्यस्तै कृषकहरुले पनि आफ्नो उत्पादनको उचित मूल्य पाउने भएको बताएका छन् ।
चमेनागृहमा ५० वटा भन्दा बढी परिकार बनाउने गरेको सञ्चालक साहले बताएका छन् ।
कफी, फ्राइ राइस, मःम, बिर्यानीदेखि ज्वानोको सुप, च्याउको सुप, जाउलो लगायतका खानेकुराहरु पनि अस्पतालको क्यान्टिनमा उपलब्ध हुने गरेको छ ।
कोशी अस्पतालको सरसफाइप्रतिको नकारात्मक धारणा चमेनागृहबाट निरुपण हुन सुरु हुने अपेक्षा रहेको अस्पतालमा सेवा लिन आएकाले बताएका छन् ।
मोरङको पथरीशनिश्चरेबाट कुकुरले टोकेको सुई लगाउन कोशी अस्पताल आएका सुभाष पौडेल पनि चमेनागृहको खानेकुरादेखि लिएर उनले देखेको व्यवस्थापनसमेत राम्रो लागेको बताएका छन् ।
उनले भने, ‘आमालाई दुई पटक सुई लगाउन यहाँ ल्याएको थिएँ । तर, आज तेस्रो पटक अस्पतालप्रतिको दृष्टिकोण नै यो चमेनागृहले बदलिदिएको छ ।’
‘कोशी अस्पताल भन्नेबित्तिकै सफा नभएको भन्ने याद आउँछ । मैले देखेको अरुतिरको क्यान्टिङ पनि त्यही हो । तर, मलाई यहाँको क्यान्टिङले अस्पतालको व्यवस्थापनमै सकारात्मक परिवर्तन ल्याउला भन्ने आशा गरेको छु ।’ उनले भने ।
View : 173
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved