Biratnagar, Morang, Nepal
१० वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

बौद्धिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनु नहुने

उद्‌घोष सम्वाददाता
२७ मंसिर २०८१, बिहिवार

नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले बौद्धिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताएका छन्  ।
नेपाल बुद्धिजीवी परिषद मोरङद्वारा बिहिवार विराटनगरमा आयोजित कार्यक्रममा उनले शिक्षालाई राजनीतिकरण गरिएकोमा चिन्ता व्यक्त गरे। डा देवकोटाले नेपाल बुद्धिजीवी परिषद  कोशी प्रदेशले केही पनि काम गर्न नसकेको आरोप पनि लगाए । 
उनले सङ्गठन र उत्साह कम भएको र पद  ओगटेर काम नगर्ने परिपाटी बढेको बताए । बुद्धिजीवीले समय सापेक्ष अध्ययन र अनुसन्धान गर्नुपर्ने धारणा ब्यक्त गर्दै बुद्धिजीवीले देखाएको बाटोमा लाग्न सबैलाई अनुरोध गरे ।। नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष राधा अधिकारीले बुद्धिजीवीले सैद्धान्तिक र ब्यवहारिक पक्षमा तालमेल मिलाएर मात्र काम गर्नुपर्ने बिचार ब्यक्त गरिन्। पार्टीका नेताहरुले नीति र सिद्धान्त बिरुद्धमा निर्देश गरेका कारण सङ्गठनहरु भुत्ते भइरहेको बताइन् । नेतृत्वले बुद्धिजीवी परिषदको सहमति बिना नै नियुक्ति गर्ने गरेकोमा दुख ब्यक्त गर्दै तत्काल बुद्धिजीवी परिषदले योजना बनाएर काम गर्न आग्रह

नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सचिव यज्ञप्रसाद शर्माले सङ्गठनलाई समय सापेक्ष बनाउन सबैको सकृयता आवस्यक रहेको भन्दै ठुलो कमिटि बनाउने,कसैको कुरा नसुन्ने र निरदेशन मात्र दिने परिपाठी बढेको बताए । उनले आफूहरुमा पनि कमिकमजोरी भएको स्वीकार गर्दै समय सापेक्ष कार्यक्रम गर्न  सुझाब दिए । सो कार्यक्रममा बुद्धिजीवी एकराज भट्टराईले बुद्धिजीवी निस्कृय भएकोमा चिन्ता गर्दै समस्याको समाधान गर्न बुद्धिजीवीको भूमिका प्रष्ट हुनुपर्ने बिचार ब्यक्त गर्नु भयो ।उहाँले बुद्धिजीवीले गरेको कामको जिम्मेवारी नेतृत्वले नलिएका कारण पनि समस्या झेल्नुपरेको बताए । नेपाल बुद्धिजीवी परिषद कोशीका सदस्य नन्द नेउपानेले नेपाल बुद्धिजीवी परिदको भूमिका गौण रहेको स्विकार  गरे । उनले नेतृत्वले नीति निर्देश गर्न नसकेको कारण बुद्धिजीवीहरु निष्कृय भएको बताए । नेउपानेले युवा बिदेश पलायन र शिक्षा नीतिको कमजोरीले पनि बुद्धिजीवी भुत्ते भएको स्पष्ट पारे । परिषदका केन्द्रीय सदस्य अधिवक्ता पशुपति नेपालले युवा पुस्ताको मनोविज्ञान बुझेर काम हुने नगरेकोमा असन्तोष जनाए । 

दुईदर्जन बढी बुद्धिजीवी सहभागी सो कार्यक्रममा नेपाल बुद्धिजीवी परिषदका मोरङ सचिव डा। डिल्ली पोखरेल , कोशी प्रदेश उप सचिव डा। धर्मराज ढकाल र अन्य सहभागिहरुले बुद्धिजीवी परिषदलाइ बलियो बनाउन आग्रह गरेका थिए ।

View : 246

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved