Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सुनसरीमा सीमा स्तम्भ मर्मतको काम सुरु

२१ मंसिर २०८०, बिहिवार

सुनसरी : नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन काम सुनसरीमा पनि सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीको आयोजनामा भारतसँग सीमा जोडिएको ६२ किलोमिटर क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सम्भार कार्यको सुरु भएको हो ।

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीले संयुक्त रुपमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ साविक कप्तानगञ्जको पाँचौ सिमरमा पर्ने १८९ नम्बर सहायक सीमा स्तम्भको रंगरोगन गरी मर्मतको काम सुरु भएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्वाहाङ्फेले सुनसरीतर्फका १ सय ३३ वटा अन्तर्राष्ट्रिय सीमा स्तम्भहरू मर्मत सम्भार गरिने बताए । सशस्त्र प्रहरी उपरीक्षक तुम्वाहाङ्फेका अनुसार नेपाल सरकारको निर्णयबमोजिम एपीएफले जिम्मेवारी पाए बमोजिम बिजोर अंकका सीमा स्तम्भहरूको मर्मत सम्भारको काम अघि बढाइएको हो ।

जोर अंकका स्तम्भहरू भने भारतीय पक्षले मर्मत सम्भारको काम सकाई सकेको तुम्वाहाङ्फेले जानकारी दिए । कोशी प्रदेशको हकमा सशस्त्र प्रहरीको बराह बाहिनीले सीमा स्तम्भ मर्मत सम्भारको नेतृत्व सम्हालेको छ ।

बराह बाहिनीका अनुसार कोशी प्रदेशमा जम्मा ४ सय ८४ वटा सीमा स्तम्भ मर्मत सम्भार गरिने छन् ।

यसअघि तीन दिनअघि सीमा स्तम्भ मर्मत सम्भार कार्यअन्तर्गत सशस्त्र प्रहरी बलले झापा जिल्लाभित्रका ३१७ वटा, मोरङमा रहेका ३४ वटा र सुनसरीको अन्तर्राष्ट्रिय सीमामा रहेका १३३ वटा सीमा स्तम्भहरूको मर्मत सम्भार कार्य सुरु गरिएको बताएको थियो ।
 

View : 145

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved