अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता
विराटनगर । वीरगञ्जमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा मोरङ रतुवामाई (कल्याणपुर)की सुनिता हस्दाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक र कटहरीका कपलेश्वर राजवंशीले का“स्य पदक जितेका छन् ।
मधेश प्रदेश सरकार, खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजनामा तथा नेपाल भारोत्तोलन संघ तदर्थ समिति, वीरगञ्ज पर्साको सहकार्यमा वीरगञ्जमा आयोजित असार १५ देखि १७ गतेसम्म चलेको प्रतियोगितामा मोरङका दुई खेलाडीले पदक प्राप्त गरेका हुन् ।
देशभरका सातवटै प्रदेशका खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा ६९ केजी तौल समूहमा मोरङकी सुनिता हस्दाले स्वर्ण पदक र ८८ केजी तौल समूहमै मोरङका कपलेश्वर राजवंशीले का“स्य पदक प्राप्त गरेका हुन् ।
कोशी प्रदेशका खेलाडीहरूले प्रतियोगितामा उल्लेखनीय सफलता प्राप्त गर्दै समग्रमा तृतीय स्थान हासिल गरेका छन् । प्रदेशका तर्फबाट ४८ केजी तौल समूहमा झापाकी सोनी दासले रजत पदक जितिन् । ५३ केजी तौल समूहमा झापाकै करिना चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरिन् ।
८८ केजी तौल समूहमा झापाका प्रसिद्ध राजलवटले पनि स्वर्ण पदक प्राप्त गरे । ९२ केजी तौल समूहमा उदयपुरकी कान्ता भुजेलले का“स्य पदक जित्दै प्रदेशको सफलतालाई थप बलियो बनाएकी हुन् ।
प्रतियोगिता समापन समारोहमा आयोजक संस्थाका पदाधिकारी, प्रशिक्षक, निर्णायक तथा विभिन्न प्रदेश प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । समापनमा पदक विजयी खेलाडीहरूलाई प्रमाणपत्र तथा ट्रफीसहित सम्मान गरिएको मोरङ भारोत्तोलन संघका अध्यक्ष चिनकाजी थापामगरले बताए ।
View : 866
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved