सुन्दरहरैंचा : बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत रारा फुटवल क्लब राजारानी धनकुटालाई हराउँदै व्रिगेड ब्वाइज काठमाडौं सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा बिग्रेडका गोलरक्षक बिशाल सुनार घोषित भए । उनले नगद पाँच हजार पाए । यसअघि आयोजक डाँगीहाट युथ क्लब तथा सलहेस युवा क्लब सिराह सेमिफाइनल पुगिसकेका छन् ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता छ । प्रतियोगिता बिजेताले ८ लाख नगद तथा उपबिजेताले ५ लाख नगद, ट्रफी र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष विक्रम वान्तवाले बताए । प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुनेछ ।
बुधबारको खेल बिर्तामोड युथ क्लब झापा र लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौबीच हुने खेल संयोजक भाइकुमार गुरूङले जानकारी दिए ।
View : 129
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved