विराटनगर । रौनियार सेवा समाज विराटनगरले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १ लाख बढी राहत रकम उपलब्ध गराएको छ ।
रसुवाका बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले समाजले प्रधानमन्त्री राहत कोषमा १ लाख १ सय ११ रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो ।
रौनियार सेवा सदनमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र साह रौनियारले प्राकृतिक विपत्तिका कारण सयौं व्यक्तिले ज्यान गुमाउनुका साथै हजारौं व्यक्ति पीडित हुनुका साथै देशले खर्बौको क्षति ब्यहोर्नु परेको दुःखद अवस्थालाई मध्यनजर गरेर सहयोग रकम उपलब्ध गराउन लागिएको बताए ।
रौनियार समाजमा आवद्ध पदाधिकारी तथा सदस्यहरुबाट संकलित रकम मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कोषमा पठाइएको उनले जानकारी दिए ।
यसैबीच रगतको हुन सक्ने अभावलाई ध्यानमा राखेर समाजले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ ।
विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानले उद्घाटन गरेको सो कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यसहित १७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रञ्जित गुप्ता रौनियारले जानकारी दिए ।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष रामनरेस साह रौनियार, उपाध्यक्ष शिवनारायण गुप्ता, गोपालप्रसाद गुप्ता, महासचिव शम्भुप्रसाद रौनियार,सचिव दीपेन्द्र रौनियार, सहसचिव रामनाथ रौनियार, कोषाध्यक्ष मनिष रौनियार लगायत संस्थामा आबद्ध कन्हैयालाल साह, उमेशप्रसाद रौनियार, अवधेश गुप्ता रौनियार र जमिरा रौनियार लगायतको उपस्थिति थियो ।
View : 13
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved