विराटनगर । शिक्षादीप कलेजले परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक सय ४४ जना विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । हालै सम्पन्न भएको प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
विज्ञान संकायतर्फ कक्षा ११ बाट ६१ जना र कक्षा १२ का ५३ तथा व्यवस्थापन संकायका ३० विद्यार्थीहरुलाई दुई भिन्न कार्यक्रम आयोजना गरी कलेजले सम्मान गरेको थियो ।
प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने प्रत्येक कक्षाका उत्कृष्ट १० जनालाई नगद पुरस्कारसमेत प्रदान गरियो ।
घोषित प्राप्ताङ्क अनुसार विज्ञान संकायमा कक्षा ११ मा शाकिल अहमद हकले ९३.८० प्रतिशत अंक प्राप्त गरी करिब साढे नौ सय विद्यार्थीहरुमा प्रथम स्थान हासिल गरे भने सिरिन भट्टराईले ९३.७० प्रतिशत अङ्क प्राप्त गरी द्वितीय स्थान हासिल गरिन् ।
त्यस्तै ९३.३ प्रतिशत अंक ल्याई प्रतीक भट्टराईले तेस्रो स्थान लिए । कक्षा १२ को परिणामअनुसार करिब नौ सय विद्यार्थीमध्ये गौरव भट्टराईले ९४ प्रतिशत ल्याएर प्रथम, प्रशिस प्रसाई र रुसन दाहालले बराबर ९३.३ प्रतिशत ल्याई द्वितीय र ९२.३ प्रतिशत अंक ल्याएर अमन साहले तृतीय स्थान हासिल गरेका थिए ।
उत्कृष्ट विद्यार्थीहरुलाई प्राचार्य ज्ञानबहादुर खड्का, प्रमुख निर्देशकहरु रमेशकुमार मण्डल र सहप्राध्यापक शैलेन्द्र शिवाकोटी तथा संयोजकहरु नवीनकुमार राय र शङ्कर भट्टराईलगायत निर्देशकहरु अनिलकुमार दास, डा ललितनारायण मण्डर, राजेन्द्रप्रसाद यादव, दयानन्द सिंह, भूपेन्द्र दाहालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
View : 333
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved