विराटनगर । हिमालय दर्शन कलेज विराटनगरले आफनो कलेजका विद्यार्थीले बीबीएस दोस्रो बर्षको नतिजामा नेपाल प्रथम गरेको दाबी गरेको छ । सो कलेजमा अध्ययनरत विद्यार्थी विवेक सुवेदीले वीवीएस दोस्रो वर्षमा नेपाल प्रथम गरेको कलेजको दाबी छ ।
त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१ दशमलव ८० प्रतिशत ल्याएर नेपाल टप गरेको कलेजले दाबी गरेको हो ।
सुवेदी भन्दा बढी अंक ल्याएको भनेर हालसम्म कतैबाट दाबी नआएकाले उनी आफ्नो समुहमा नेपाल प्रथम भएको कुरामा कलेज विश्वस्त रहेको क्याम्पस प्रमुख भरत सापकोटाले दाबी गरे ।
सुवेदीले बीबीएस प्रथम वर्षको परीक्षामा पनि कोशी प्रदेश टप गरेको कलेजले जनाएको छ । दोस्रो वर्षमा देशभरीमा टप गरेका सुवेदीलाई कलेजले पुरस्कृत गरेको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरि उनलाई नगद १५ हजार रुपैयाँसहित कदरपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।
त्यसैगरी उत्कृष्ट हुने अन्य विद्यार्थीहरुलाई पनि कलेजले सम्मान गरेको छ । सम्मानित हुने विद्यार्थीहरुमा राहुल साह, रक्षा लुइटेल, रिति रोय, सोफिया साहिन, सुरेश गुरागाई र अनिसाकुमारी राजवंशी छन् । यसैगरि ममता चापागाँई, ईशा राय, मेविसा विष्ट र निसा रायलाई समेत कलेजले सम्मान गरेको छ ।
विद्यार्थीहरुलाई क्याम्पस प्रमुख भरत सापकोटा, निर्देशक शैलेन्द्र शिवाकोटी, विभागीय प्रमुखहरु अञ्जु भुजेल, भुपाल मिश्र, सुमन साह, कुशल निरौला लगायतले सम्मान गरे । २०७० सालमा स्थापना भएको सो कलेजमा बीबीएस, बीएससी सीएसआइटी, वीआइएम, वीएचएम र वीवीए लगायतका संकायको पढाइ हुने गरेको छ ।
View : 75
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved