Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराटनगरमा लिपमोटरको एक्सचेन्ज अफर

नयाँ गाडी खरिद गर्नेका लागि वित्तीय सुविधा पनि शिविरमै हुने कम्पनीले जनाएको छ ।
१७ माघ २०८१, बिहिवार

Advertisement

विराटनगर । विद्युतीय चारपाङ्ग्रे गाडी लिपमोटरको आधिकारिक बिक्रेता श्रीजा अटोमोवाइल्स प्रालिले एक्सचेन्ज र टेस्ट ड्राइभको चारदिने शिविर सुरु गरेको छ । वितरक कम्पनी श्रीजा अटोमोवाइल्सका अनुसार विराटनगरको कञ्चनजंघा बैंकेटमा माघ १६-१९ को चारदिने शिविर सुरु भएको हो ।

उक्त शिविरमा पुरानो गाडीको मुल्याङ्कन गरी गाडी सट्टापट्टाको सुविधा हुनेछ । त्यस्तै ग्राहकले कम्पनीका नयाँ गाडीहरू लिपमीटर सी-१० र सिट्रोन ई सी-३ को ‘टेस्ट ड्राइभ’ गर्न पाउने छन् । त्यस्तै ग्राहकले ७ किलोवाटको वाल चार्जर निःशुल्क पाउँछन् । नयाँ गाडी खरिद गर्नेका लागि वित्तीय सुविधा पनि शिविरमै हुने कम्पनीले जनाएको छ । 

गोल्छा अर्गनाइजेसनसम्बद्ध सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोवाइल्स प्रालिले गत मंसिर २८ गतेबाट विराटनगरमा आधिकारिक बिक्री सुरु गरेको हो ।कम्पनीका अनुसार, ‘लिपमोटर-१०’ नयाँ पिढीको विद्युतीय सवारी साधन हो । जसले स्लिक डिजाइनलाई शक्तिशाली प्रदर्शनसँग मिलाएर उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

लक्जरी, प्रदर्शन र वातावरणीय जिम्मेवारी समेटेर डिजाइन गरिएको ‘लिपमोटर सी १० एसयूभी’ नयाँ युगको विद्युतीय सवारी साधन भएको कम्पनीको दावी छ ।

View : 212

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved