विराटनगर : विराटनगर महानगरपालिकाले दुईजना वरिष्ठ कानुन व्यवसायीलाई सम्मान गरेको छ । महानगरपालिकालाई आवश्यक कानुनी परामर्श तथा सहयोग उपलब्ध गराएबापत महानगरपालिकाले वरिष्ठ कानुन व्यवसायी डिल्लीबहादुर कार्की र नवराजप्रसाद दाहाललाई सम्मान गरेको हो ।
कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
वरिष्ठ कानुन व्यवसायी कार्की २०६१ जेठदेखि २०७९ चैतसम्म र दाहाल २०७६ वैशाखदेखि २०७९ मंसिरसम्म कानुनी सल्लाहकारका रुपमा कार्य गर्नुभएको थियो ।
महानगरको न्याय सम्पादनमा दुवै कानुन व्यवसायीले उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको मेयर कोइरालाले बताए ।
सम्मानितका तर्फबाट कानुन व्यवसायी कार्कीले महानगरले आवश्यक ठानेमा जुनसुकै बेला सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्षहरु तीर्थेन्द्र नेउपाने, काजीबहादुर बस्नेत, कुमार पोखरेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शिक्षा महाशाखाका संयोजक कृष्ण भट्टराई, कानुन शाखाकी प्रमुख शारदा थपलियालगायतले सम्मानित कार्की र दाहाललाई अविर लगाएर शुभकामना दिएका थिए ।
View : 373
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved