Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

इलामबाट नमस्ते झरनामा बनभोज खान गएको बस दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

उद्‌घोष सम्वाददाता
१६ मंसिर २०८०, शनिवार

Advertisement

धनकुटा : इलामबाट धनकुटा घुम्न आएका विद्यार्थीहरु बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार विहान धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा मे १ ख ३३८० नम्बरको बस  दुर्घटना हुँदा चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते भएका हुन् । 
दुर्घटनामा १४ बर्षीया शान्ति लिम्बु, १३ बर्षीया सिमा राई, १६ बर्षीय मनिका राई र १६ बर्षीया निस्मा सारु मगर घाइते भएका छन् ।

उनीहरुसँगै बसमा रहेका शिक्षक ५७ बर्षीय रामबहादुर मगर र ४९ बर्षीया शिक्षिका पवित्रा राई पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइते मध्ये शान्तिको अवस्था गम्भीर जनाइएको छ ।

इलामको माइ नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थीहरु बनभोज खान र घुम्नका लागि धनकुटाको नमस्ते झरनातर्फ जाँदै थिए । उक्त बस विहान करिब १०ः४५ बजे दुर्घटना भएको जनाइएको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट पल्टिएको थियो । दुर्घटनाका घाइतेहरुलाई उद्दार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । उक्त बसमा करिब ५५ जना सवार रहेको जनाइएको छ ।

View : 278

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved