Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

लौहपुरुष गणेशमान सिंहको १११ औं जन्मजयन्ती

बिर्सिएको ‘विचार’ र आजको चुनौती

दुर्भाग्यवश, नेपालको सत्तामा निरन्तर रहने अभ्यास गरेको एउटा वर्गले भने राजनीतिलाई व्यापार बनायो, जुन इतिहासको तीतो यथार्थ हुन पुगेको छ । ’राजनीति सेवा हो, व्यापार होइन’ भन्ने आदर्शलाई उनका अनुयायीले किन बिर्से ? अहिले सोचनीय बनेको छ ।
२३ कार्तिक २०८२, आइतवार

नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका अग्रदूत, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर तथा लौहपुरुष गणेशमान सिंहको १११ औं जन्मजयन्ती मनाइरहंदा, उहाँले रोपेका विचारहरू अहिलेको राजनीतिको दिशाहीन यात्राका कारण पुनः सान्दर्भिक बनेका छन्  ।

आज देशले गणेशमान सिंहको योगदानलाई सम्झँदैछ, तर उहाँले कल्पना गरेको नेपाल अहिलेको जस्तो कुर्सीका लागि सिद्धान्त बलि चढाउने र राजनीतिलाई व्यापार मान्ने अवस्था पक्कै थिएन  ।

गणेशमान सिंह व्यक्ति होइन, विचार :

गणेशमान सिंह कुनै व्यक्ति मात्र होइनन्, उहाँ एउटा विचारधारा हुनुहुन्थ्यो । यौवनदेखि वृद्धावस्थासम्म घरपरिवार त्यागेर देशको लागि सङ्घर्ष गर्नुभएका सिंहको त्यो पीडाबोधले ‘राजनीति भनेको समाजसेवा हो, व्यापार होइन’ भन्ने मूल मर्मलाई स्थापित ग-यो ।

दुर्भाग्यवश, नेपालको सत्तामा निरन्तर रहने अभ्यास गरेको एउटा वर्गले भने राजनीतिलाई व्यापार बनायो, जुन इतिहासको तीतो यथार्थ हुन पुगेको छ । ’राजनीति सेवा हो, व्यापार होइन’ भन्ने आदर्शलाई उनका अनुयायीले किन बिर्से ? अहिले सोचनीय बनेको छ ।

लोकतन्त्रवादीका लागि ठूलो कमजोरी 

बामपन्थीहरूले गणेशमान सिंहलाई नसम्झेकोमा आश्चर्य मान्नुपर्ने कुरा भएन, तर प्रजातन्त्रवादीहरूले नै उहाँका विचार (साथै किसुनजीका विचार) बिर्सनुलाई स्वाभाविक मान्न सकिंदैन । गणेशमान सिंहको फोटो टा“गेर र औपचारिकता निर्वाह गरेर मात्र उहा“को विचारको सम्मान हु“दैन ।

बीपी, गणेशमान, किसुनजी, सुवर्ण लगायतका नेताहरूको योगदानलाई स्मृति दिवसमा मात्र सीमित राख्नु भनेको विचारको मर्म नबुझ्नु हो । उहाँहरूको ’विश्वलाई नै परिवार मान्ने’ विश्वव्यापी विचारलाई लोकतन्त्रवादीहरूले जुन रूपमा उठाउनुपर्दथ्यो, त्यो उठाउन सकेका छैनन् ।

कुर्सीको लोभ त्याग्ने गौरव गाथा

 गणेशमान सिंहको जीवनको सबैभन्दा ठूलो गौरवपूर्ण पक्ष उहा“को पदप्रतिको त्याग हो । २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद प्रस्ताव गर्दा उहा“ले भद्र तरिकाले अस्वीकार गर्नुभयो । आफू पछि हटेर सहयोगी कृष्णप्रसाद भट्टराई लाई प्रधानमन्त्री बनाएर समयमै २०४७ सालको संविधान बनाउने बाटो खोलिदिनुभयो ।

नेपालको इतिहासमा प्रधानमन्त्रीको पद अस्वीकार गर्ने यो निर्णयले राजनीतिमा पद नै सबैथोक होइन भन्ने सन्देश स्थापित ग-यो । उहाँ नेपालका अहिंसावादी नेता हुनुहुन्थ्यो, जसले बिना हतियार निरङ्कुशतालाई पराजित गरेर सगरमाथापछिको अर्को गौरव गाथाको शान दिए ।
 

आजको आह्वानः विचारको पूजा
२०४६ सालको आन्दोलन सफल भएपछि गणेशमान सिंहले राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक क्रान्ति र सामाजिक क्रान्ति आवश्यक रहेको विचार राख्नुभएको थियो । तर, देशमा जातीय सद्भाव र आर्थिक क्रान्तिका कुरालाई महत्व दिइएन, जसको परिणाम अहिलेको अस्थिरता हो ।

कात्तिक २४ गते   गणेशमान सिंहको १११ औं जन्मजयन्तीमा उहाँको विचारलाई अनुसरण गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । गणेशमान सिंह व्यक्ति पूजाको पात्र होइनन्, विचार पूजाको नायक हुन् । आजको समयले उहाँका अनुयायीहरूसँग प्रश्न खोजेको छ— के तपाईंहरू उहाँको पद त्याग्ने र देशलाई परिवार ठान्ने विचारलाई अनुसरण गर्न तयार हुनुहुन्छ ?          

(लेखक राजु मास्के नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य हुन् ।)

View : 1932

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved